Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

क्रेनले तानेकाको ब्रेन हुँदैन कि कसो हो? : धर्मरत्न श्रेष्ठ

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

आफ्नै फोर्स समूहले बलात्कार गरिएकी सुन्तली धामीले न्याय पाएकी छैनन्, उनको बलात्कारको घटनालाई लिएर फिल्म बजारमा आएको छ। यो घटनाले नेपाल प्रहरीलाई लज्जित पार्‍यो होला, कर्तव्यवोध भयो होला, जिम्मेवारी बहन गर्न प्रेरित पार्‍यो होला भनेर सोचेको त काभ्रेमा फेरि ड्यूटीमा खटिएका हवल्दार र जवान मिलेर ३ जना बालिका बलात्कार गरिदिएछन्। जब सुरक्षाकर्मी नै राक्षस हुन्छन्, समाजमा बलात्कारका घटना बढ्छन्। गृहमन्त्री खुशी भए होलान्। किनकि संक्रमणकालमा बलात्कारका घटना घट्छन्, अझ बढ्न सक्छ भन्ने अभिव्यक्ति गृहमन्त्री वामदेव गौतमको थियो। यस्तो अभिव्यक्ति पाएपछि उपेन्द्र कान्त अर्यालको कमाण्ड फस्किएछ क्यार, फोर्स बलात्का गर्न उक्सिएजस्तो छ।
र, प्रश्न उठेको छ– क्रेनले तानिएकाहरुको ब्रेन नहुने रहेछ कि के हो? डीआइजीपी पार्वती थापा मगरको आइजीपी बन्ने रोलक्रम थियो। खिलराज सरकार प्रमुख थिए। उनले पार्वती थापा मगरलाई पन्छाएर उपेन्द्रकान्त अर्याललाई आइजीपी बढुवा गरिदिए। राज्यले गरेको अक्षम्य महिला हिंसाको अपराध थियो त्यो। त्यस्ता आइजीपीले हिंसा बढाए भनेर के गुनासो गर्नु र? जब राज्य नै महिला हिंसा बढाउन उद्दत हुन्छ र महिलामाथि विश्वास र भरोसा गर्न सक्दैन, महिलालाई कमजोर ठान्छ, कसरी महिला सशक्तिकरण हुनसक्छ? कसरी समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण र सम्मान बढ्नसक्छ। राज्य यतिबिघ्न अनुदार? बसपार्कको ड्यूटीमा थिए हबल्दार शम्भु राउत र जवान श्रीराम शाह। उनीहरुले गत बुधवार राति १२ बजे घरबाट भागेर निस्किएका ३ जना बालिकालाई संरक्षण दिने नाममा हप्काएर, दप्काएर बसपार्कमै बलात्कार गरिदिए। बलात्कारीलाई कारवाही त सुरु भएको छ तर नेपाल प्रहरीको निधारमा कलंक पछि कलंक थपिदै जाादो छ। सत्य सेवा सुरक्षणम्को कल्की लगाएका सुरक्षाकर्मी किन यसरी मात्तिएका, पात्तिएका र जे गरे पनि हुन्छ भन्ने धारणा पाल्न थालेका होलान्? प्रहरी भनेका त समाजका पहरेदार मानिन्थे, अव समाज विरोधी दुशासन हुन थालेका छन्। प्रहरीका कारण पनि सुशासन समाप्त हुनथालेको छ। राज्यले काम गर्ने यिनै सुरक्षाकर्मी र कमचारीको भरमा हो। सुरक्षाकर्मी बलात्कारमा लाग्ने र कर्मचारी भ्रष्टाचार लिप्त भएपछि कूशासन त हुने नै भयो। नयाा नेपाल निर्माण गर्न कानुन व्यवस्था दह्रो हुनैपर्छ। कानुन व्यवस्थाको कडी खुस्क्यो भने राज्यमा केही पनि बााकी रहदैन। राज्य अराजक बन्छ। खरावी राजनीतिमा छ। राजनीतिक नेतृत्वमा छ। जुनसुकै अपराधमा पनि राजनीतिले संरक्षण दिने र अपराधकर्मलाई बढावा दिएपछि कानुन लौरो न हतियार बन्छ। बलात्कारीलाई बचाउन राजनीति नलाग्ने र कडा कानुनको कााडे कोर्रा ठोक्ने हो भने बलात्कारी यसरी उत्साहित हुादैन। असामाजिक र गैह्रकानुनी काम गर्न राजनीतिकरणकै कारण सुरक्षा निकाय झन सुर्रिन थालेका छन्।