Advertisement Banner
Advertisement Banner

०१ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

लेक्चर होइन, एक्सन चाहियो

२१ सोमबार , माघ २०७५८ बर्ष अगाडि

दुर्गा दाहाल, अमेरिका -
मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कसरत, व्याख्या र भाषण–भूषणमै झन्डै २९ वर्ष बित्न लागेछन् तर आन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत हुनुको सट्टा झन् कन्तबिजोकको स्थिति विद्यमान छ । राजनैतिक दलहरू नितान्त व्यक्तिगत र दलगत नाफा–नोक्सानको अङ्कगणितमै व्यस्त भएर आम जनता र मतदातासँग सम्बन्धित विषयहरूमा बेखबर देखिन्छन् । संविधानको मर्म र अन्तर वस्तु एकातिर छ भने नेताहरू अहिले पनि संसद्मा पौँठेजोरी खेली रहेका छन् ।
विकास हुँदै नभएको हैन तर सन्तोषजनक छैन । राष्ट्रियता खतरामा छ । नेताहरू दलभित्रै र दलहरूकै बिचमा अल्झिएका छन् । राष्ट्रिय सवालहरू असम्बोधित छन् । परराष्ट्र नीति स्पष्ट छैन । नेताहरूलाई घरमै झगडा लगाई दिएर बाह्य शक्तिहरूले जात, धर्म र सम्प्रदायका नाममा देशलाई विभाजित गराई दिई रहेको छ । जनताले माग्दै नमागेको सङ्घीयताको गाडी कुदेको छ । कहाँ गएर पल्टिने हो, थाहा छैन ।
खोज्दै नखोजेको धर्म्निरपेक्षता ओढाइएको छ, अधर्मीहरूको निर्देशनमा । नेपाली जनताको इच्छा विपरीत प्रशस्त धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रलाई धर्र्मिनरपेक्ष बनाइयो ।
दुस्खदायी कुरा त के छ भने नेताहरूको भाषण, जुलुस, हडताल र अकर्मण्यताका कारणले देशको दक्ष जनशक्ति र श्रम शक्ति अमेरिका, युरोप र अस्ट्रेलियातर्फ गमन भई रहेको छ भने धर्म र अवैध व्यापारका लागि विदेशी शक्ति नेपालभित्र प्रवेश गरी रहेको छ ।
सरकारले सर्वसाधारणका आधारभूत आवश्यकताहरू पूरा गर्न सकी रहेको छैन । छुवाछुत र गरिबीको मारमा परेर पनि एउटा वर्ग अद्यपरिमित उपेक्षित र अपहेलित हुनु परेको छ । फलतः, स्वास्थ्य, शिक्षा र निम्न तम आवश्यकता पूरा गर्नकै निमित्त पनि हिन्दुहरूको एउटा हिस्सा इसाई धर्ममा लाग्नु परेको तितो यथार्थ हाम्रा सामु छ । राष्ट्रियता र धर्मको नाम जपेर मात्रै खान, लाउन पाइँदैन भन्ने कुरालाई पनि बुझ्नु जरूरी छ नेताहरूले । के गर्नुपर्¥यो त अब ?
१. नयाँ पुस्तालाई मूलधारको राजनीतिमा ल्याउनु प¥यो ।
२. शिक्षा र स्वास्थ्यलाई सरकारले विशेष प्राथमिकतामा राखी स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नु जरूरी छ । उक्त क्षेत्रद्वयलाई बेलगाम प्राईवेटाईजेसन गर्न नहुने ।
३. लघु तथा घरेलु उद्योग र उत्पादनमा जोड दिई निर्यात प्रवर्धन र आयात कम गर्ने ।
४. विधिको शासन लागु गरी राजनैतिक अस्थिरता घटाउनु पर्ने
५. कृषियोग्य जमीनलाई सदुपयोग गरी उत्पादन बढाउनु पर्ने
६. बेरोजगारका रोजगारीको सिर्जना गरी विदेश जान रोक्नु पर्ने
७. राष्ट्रीयपूँजी निर्माण गर्ने किनभने मुलुकमा व्यक्तिहरू मोटाए तर राष्ट्र दुब्लाउँदै गयो ।
८. मुलुकमा पर्यटन उद्योगलाई बढाउने र अधिकतम सङ्ख्यामा विदेशी पर्यटकहरू भित्र्याउने ।
९. कर्मचारी हरूलाई आफ्नो दायित्व, काम र कर्तव्य प्रति बफादार र इमानदार बनाई घुसखोरी र भ्रष्टाचार बाट जोगाउने । सो कार्यका लागि नेताहरू खुद सप्रिनु पर्ने आदि(इत्यादि ।
अतः खासगरि नेताहरू र हामी सबैहरू अब लेक्चर ओरिएन्टेड हैनस एक्सन ओरिएन्टेड हुनु जरूरी छ । विदेशका विकसित मुलुकका नेता, कार्यकर्ता र जनताले कुरा कम र काम बढी गर्छन् र द्रुत तर विकास सभ्भवपर भएको छ । भाषण सुनेर अथवा सुनाएर दिनभरि आफ्नो र अरू सबैको समय बिगार्नु भन्दा योजना र कार्यक्रम बनाएररलिएर गाउँ मुखी हुनु उत्पादनमूलक हुनेछ भने रोजगार पनि वृद्धि हुनेछ । बीआरटी नेपाल डट कम ।