Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नपुंसक बनाउने सुई देउ

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

महिला बालबालिका संसदीय समितिकि सभापति हुन् रञ्जु ठाकुर। यिनै सभापतिले बलात्कारीलाई नपुंसक बनाउने इन्जेक्शनको माग गरेकी थिइन्। उनले  यस्तो सुझाव दिएपछि सिंगो संविधानसभाका पुरुष सभासद मरीमरी हाँसेका थिए। लाग्छ, सभासदहरुलाई बाल, बृद्ध कुनै बलात्कारले छोएकै छैन। उनीहरु बलात्कारका घटनामा मजाक गरिरहेका छन्। रञ्जु ठाकुर भन्छिन्– बलात्कारको जुन सिलसिला चलेको छ त्यो सामान्य होइन। ५ वर्षकी बालिकाले कसरी उत्तेजित गराए? गाउँ र देहातमै बी बलात्कार भइरहेका छन्। महिलाले पुरुषलाई विश्वास गर्न सक्ने अवस्था छैन। मैले सबै अध्ययन गरेर उपाय निकालेको हुँ, मैले सरकारलाई बलात्कारीलाई नपुंशक बनाउने इन्जेक्शन दिने कानुन बनाउन आग्रह गरेको छु। अमेरिकाको १० राज्यमा क्रिमिनल कोर्टले सन १९९६ देखि नै यस्तो कानुन लागु गरेको छ। बालिका बलात्कारीलाई केमिकल क्यास्ट्रेशन नामक इन्जेक्शन दिइने रहेछ। म मृत्युदण्डको वकालत गर्न सक्दिन, त्यसैले इन्जेक्शनको व्यवस्थाको माग गरेको हुँ।