Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पहाडका छोरीहरुको शिक्षालाई करोड

२२ मंगलबार , बैशाख २०७२११ बर्ष अगाडि

'छोरी' ले शिक्षा पाउँदा घरशान्ति, समाजशान्ति र देशको प्रगति देख्ने व्यक्ति हुन् कृष्णप्रसाद रेग्मी। उनी बेल्जियम बस्छन् र उनकी छोरी हुन् प्रकृति रेग्मी। छोरीको १८औं जन्मदिनको साइत पारेर उनले चितवनका पहाडी गाविसका छोरीहरुको शिक्षाका लागि १० लाखको 'छोरी' अक्षय कोष खडा गरिदिएका छन्। यो कोषलाई छिटै १ करोड बनाउने उनले घोषणा पनि गरेका छन्। प्रकृति तिम्रा नाममा गरिब, पिछडिएका र सिमान्तकृतका छोरीहरुले पढ्न पाउन्, तिमीलाई जन्मदिनको शुभकामना। धन भएरमात्र हुन्न, धनको सदुपयोग गर्न मन पनि चाहिन्छ। राम्रो मनसहितको जिम्मेवारी लिएर आएकी छिन् प्रकृति रेग्मी। यो कोषबाट अनेक छोरीहरुलाई उज्यालो दिनेछ।
काविलस, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी, शिद्धिका छोरीहरुले अव स्वास्थ्य र शिक्षाका लागि सघाउने हात पाएका छन्। यस्तै कोषले गरिब छोरीहरुले बृत्तिविकास र स्वावलम्बन हुन पाउने छन्। यस्तो कार्यक्रमको प्रशंसा हुनैपर्छ। र, सक्नेहरुका लागि यो कार्य उदाहरणीय कार्य भएको छ। कृष्णप्रसाद रेग्मी भन्छन्– युरोपतिर छोराछोरी १८ वर्षपुगेपछि बालिग र स्वतन्त्र हुन्छन्। नेपालीका छोरीहरुले सामाजिक अभियानमा ध्यान दिउन्, आफूमाथि नेपालको दायित्व छ भन्ने सम्भि्कउन् भनेर अक्षयकोष स्थापना गरिएको हो। स्मरणीय छ, युरोपतिर बालबालिका बालिग र स्वतन्त्र भएको दिनलाई पर्वका रुपमा पनि मनाइन्छ। यही पर्वको सुरुआत 'छोरी अक्षय कोष'बाट गर्न चाहेको रेग्मीको भनाई छ। छोरीलाई सुरक्षित गर्ने शिक्षा दिन अघि सरेका रेग्मीलाई साधुवाद। 'छोरी' अक्षय कोष चितवन र बेल्जियम दुवैतिर दर्ता हुनेछ। चितवनको जुगेडीमा केन्द्र रहने यो कोषको सञ्चालन पिता धर्मानन्द रेग्मी र आमा खीनाकुमारी रेग्मीबाट हुनेछ। कृष्णप्रसाद नेपालको किसान परिवारको भए पनि अहिले बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीय तहसम्मका क्रियाशील नेता पनि हुन्। यो दल हाल बेल्जियमको सत्ताधारी दल पनि हो। यसकारण कृष्णप्रसादले नेपाल र नेपालका छोरीहरुका लागि अझ बढी राम्रो काममा सघाउन सक्ने देखिन्छ।