Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

भूकम्पपछि आमाको सम्झना

२८ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

रोशन कार्की
यसकारण आमाको महिमा अपरम्पार छ भनिन्छ। यी आमा सय वर्षकी भइन्। उनी आफ्नो अपाङ् छोरो जो ६२ वर्षका भए, उनलाई खाना खुवाउँदैछिन्। आमाको मायाँको कुनै मूल्य हुन्न, अमूल्य माया हुन्छ आमाको। आमा आफ्ना सन्तान जन्माउँछिन्, हुर्काउँछिन् र आफ्नो पेट काटेर पनि यसैगरी मायाँ गरेर हुर्काउँछिन्। आमाको मायाँमा कुनै स्वार्थ हुन्न, पूर्ण पवित्रतामात्र हुन्छ। राष्ट्र पनि आमा हुन्। त्यसैले लोककल्याणकारी राष्ट्रको परिकल्पना गरिएको हुन्छ। स्वतन्त्रता पनि आमा हुन् र विभेदरहित लोकतन्त्र पनि आमा नै हुन्। स्वाधीनता, स्वाभिमानी र स्वतन्त्र राज्यले आफन्ा नागरिकहरुलाई यसैगरी मायाँ गर्नुपर्छ। राज्यका सामु कुनै पनि नागरिक उँच, निच, ठूलो सानो, आफ्नो पराया हुनुहुन्न। जहाँ यस्तो विभेद गरिन्छ, त्यहाँ राज्यविहीनता सुरु हुन्छ। लोककल्याणकारी राज्यको गुण हार्छ र अमानवीयताको जंगलीतन्त्र सुरु हुन्छ। महाभूकम्पपछि झण्डै २ लाख घरवारविहीन भएका छन्। परिवारजन गुमाउने दशोंहजार भइसके। अंगभङ्ग हुनेहरु हजारौं उपचार गराइरहेका छन्। ती कसैले पनि लोकतन्त्र हाँक्नेहरुबाट लोकतान्त्रिक राज्यका महिमाअनुसारको व्यवहार पाएका छन्। राज्यप्रति सबैको गुनासो छ। राज्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वास गुमाउँदै गएको अवस्था छ। लोकतन्त्रका रथी, महारथीहरुले आमाको महिमा बुझुन् र आमाले गर्नुपर्ने दायित्व बहन गरुन्। जिम्मेवार बनुन्।