Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भ्रष्टबाट के आश राख्नु?

२८ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

अधिवक्ता शिवप्रसाद सिग्देल
घर आगो लागेपछि आगो निभाउन कुवा खन्ने भनेको यही हो। काम पाइनस् बुहारी पाडोको...कन्या भनेजस्तो।
जनता खान नपाएर मरिरहेका छन्। मरेकाहरु भग्नावेशषमा कुहिरहेका छन्। बााचेकाहरुले एकथान त्रिपाल पाएका छैनन्। खुला आकाशमुनी बसेका र चिसोले झाडापखाला चल्नेहरुको तााती चल्न थालेको छ। मानसिकतामा गम्भीर आघात पुगेकाहरुको अस्पतालमा भीड देखिदैछ। यस्तो विभत्स स्थितिलाई कसरी कावुमा ल्याउने, राज्यले त्यो जिम्मेवारी बहन गर्नुपर्ने हो। जनप्रतिनिधिसभाको पहिलो दायित्व पनि जनसेवा नै हो। जनता विपतमा परेका छन्, मरेका छन्, बााचेका पनि मर्ने हालतमा पुग्दैछन्। तिनीहरुप्रतिको प्राथमिक दायित्व निर्वाह गर्न छाडेर सरकार विपद मन्त्रालय बनाउने कि विपद व्यवस्थापनको प्राधिकरण? भन्ने बहसमा जुटेको छ। यता प्रतिपक्ष भिजनरी नेतृत्वमा राष्ट्रिय सरकार गठन गरौं भनेर अघि बढेको छ।

देशलाई विपद परेको बेला, महाभूकम्पको प्रलयमा जनता थिलथिलो भएका अवस्थामा के को नयाा सरकार? अहिलेको आवश्यकता राहत, उद्धार र पुननिर्माण हो। त्यसमा जुट्ने कि नयाा सरकार बनाउन? नयाा सरकार बन्यो भने सबै ठिक हुन्छ?
बिग्रिसक्यो, बिग्रेको सुधार गर्नुछ। खस्केको जनताको मनोवल उठाउनु छ। राहतलाई समानुपातिक वितरण गर्नुछ र राष्ट्रिय लूट रोकेर नवनिर्माण गर्नुछ। त्यसतिर हामी प्रतिवद्ध छौं भनेर जनताका घर घर योजनासहित पुग्नुपर्ने संसद नयाा सरकारको गठनमा अलमलिन पुगेको छ। योभन्दा दुर्भाग्य के हुनसक्छ? सरकार नै बनाउनु थियो भने संकल्प किन गर्नु? संकल्पमा सहमति किन जनाउनु? संकल्प गरेकै हो भने त्यो संकल्प पूरा गर्न प्रत्येक पार्टीले राष्ट्रिय सोच राखेर आफू, आफ्ना भातृसंगठन, स्रोतसाधन परिचालन गर्नुपर्ने हो कि होइन? हो भने, तरुण तल कहाा छ? वाईसीएल कता हरायो? युथ संघ खोई? बन्द, हड्ताल गर्न लाखौंको जुलुस निकाल्ने पार्टीहरुले लाश प्रवृत्ति किन देखाइरहेका छन्? ती लाखौंका लाखौं हातहरु यतिखेर जनताको पीडामा साथ दिन अघि सर्ने हो भने आसन्न बर्षामा प्रत्येक जनताले ओत त पाउाछन्। जनतालाई पर्दा मूर्दा हुनेले नयाा सरकार गठन गर्दैमा जनताका लागि केही हुन्न, पटक्कै हुन्न। किनभने राजनीतिक दलहरुमा न्यूनतम नैतिकता पनि मरिसकेको छ। महाभूकम्पपछि राहत सामान, पाल, त्रिपाल, लुगाफाटा, खाद्यान्नमा राजनीतिक दलका कार्यकर्ताहरुको जुन लुटमार देखियो, यसबाट के भन्न सकिन्छ भने हाम्रो राजनीति भ्रष्टाचारको दलदलबाट मुक्त हुनै चाहदैन। भ्रष्टबाट के आश राख्नु?