Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

१० लाख भ्रष्टाचारीको दोहोलो काढ्ने सी

२७ सोमबार , आश्विन २०७६७ बर्ष अगाडि

पदम हमाल -
शासकको पहिलो चिनारी कानुन व्यवस्था दुरुस्त पारेर सुशासनको प्रत्याभूति दिनु हो । सुशासनभित्र नै जनकल्याण र राष्ट्रको मजबुती सुनिश्चित हुन्छ । यसको उदाहरण हुन चीनका राष्ट्रपति सी चिनफिङ । चीनमा पछिल्लो समय मौलाएको भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका राष्ट्रपति सी चिनफिङले आफ्नो पहिलो कार्यकाल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्रष्टाचार संलग्न भएको भन्दै फाँसीसम्मको कारवाही गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा ब्यापारमा लाग्न सुझाव समेत दिएका थिए । तर नेपालमा जो सबैभन्दा ठुलो भ्रष्टचारी छ, त्यही नै सरकार र नेताको नजिक भएर पद, र मान सम्मान पाउने प्रबृत्तिलाई अन्त्य गर्ने अभियान चलाउन सके बल्ल राष्ट्रपति सिको भ्रमणप्रति ठूलो सम्मान हुनेथियो ।
स्मरणीय के पनि छ भने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनु पर्ने या भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका छन् । नेपालमा बढ्दो भ्रष्टाचार, अनैतिकता र सिद्धान्तहीनताका हेर्दा देशका लागि यस्तै राजनेता चाहिएको छ । जुन जोगी आए पनि कानै चिरिएको अवस्थाबाट अव देशले मुक्ति पाउनुपर्छ र देशका लागि केही गर्ने सीजस्तो नेता चाहिएको छ ।