Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

झूठको मायाँजाल टुट्नुपर्छ

०४ सोमबार , कार्तिक २०७६६ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की- 
उखानै छ ‘बोल्नेको पिठो बिक्छ ’, चर्को बोलले पिठोे अझ त्यो पनि सडेको व्यापारमा अग्रणी मान्छ वर्तमान समाज । कुनै कुरालाई राम्रो वा नराम्रो भन्न त्यसको गुण दोष केलाउने हैन आफ्नाले जेलाई राम्रो भनेका छन त्यसलाई राम्रो र जेलाई नराम्रो भनेका छन् त्यसलाई नराम्रो भन्नु पर्दछ भन्ने मानसिकतामा साधारण मात्र हैन समाजका अग्रणी भएका बुद्धिजीविहरु पनि छन् । कागले तिम्रो कान लग्यो भन्दा आङ्खनो कान नछामी त्यो काल्पनिक कान खोस्न कागको पछाडी दगुर्नु आजको दिनहरुमा अग्रगमन, प्रगती भएको छ । कसैले कान त आफ्नै ठाउमा छ भनिदियो भने बरु त्यसलाई गाली गर्न रुचाईनु मुलुकको यो अधोगतिको कारक हो । यो प्रवृति केवल नेपालमा मात्र भएको भने हैन, छरछिमेकमा पनि यस्तै कुराहरु देख्न पाईन्छन ।
मानव स्वभावले नै असन्तोषी प्राणी हो, यो कमजोरी हैन मानवको खुवी हो । असन्तोष नभएको भए यत्रा आविष्कार हुने थिएनन् । कुनै बिन्दुमा अब प्राप्त हुने सबै पाईयो थप केही बाूकी छैन भन्ने लागेमा त्यस बिन्दु पछिको प्रगती नै रोकिने छ । यदी घोडा गाडीमा नै सन्तोष गरेको भए सुपरसोनिक विमान आउने थिएन । टेलीग्राफ मै सन्तोष गरेको भए आज सेकेन्ड भर मै संसारका कुनै पनि कुनामा संवाद कायम गर्न सक्ने हुने नै थिएन । त्यसैले यो असन्तोष राम्रो कुरा हो, तर यो असन्तोषको भावना भड्काएर आङ्खना विगतलाई अस्विकार गराउने अनि आफुले आज चाहेको कुरामात्र शाश्वत हो भन्ने छनक दिएर ठुलो हुन खोज्ने राजनीतिको चरित्रले समाजलाई फेरी ढुूगेयुग तिर फर्काउन खोज्दैछ । 
संयुक्त राज्य अमेरिका जो आज विश्वका प्राय सबै स्थानका बासिन्दाको निमित्त सपनाको प्रदेश बनेको छ, त्यो कोलम्वसको समयमा कस्तो थियो भन्ने कुरा आज कसैले सोच्दैन । उन्नत सभ्यताको खानी भएको पुर्विय भूभागको प्रतिनिधि भारत आवतजावत गर्न निमित्त समुद्री मार्ग खोज्नेक्रममा कोलम्वस बाटो अलमलिएर अमेरिका पुगेको ईतिहास सर्वविदित नै छ । अमेरिका यो खोजबाट आङ्खनो सभ्यता परिमार्जन गरेर वर्तमानमा विश्वको अग्रणी भूमिकामा पुग्यो भने भास्को डि गामाले भारतको बाटो खोजे पछि यस भुभागले आङ्खनो नाम पनि गुमायो । आज भारत भन्दा ईन्डियाको नामले विश्वमा चिनिन्छ । यहाँको रितिथिती परंपरा जो केवल आजको भारतीय संघको मात्र नभएर यस उपमहाद्विपको नै थियो त्यसको नाम समेत बदलिएर हिन्दू हुन पुग्यो । मुगलहरुको आगमन पूर्व यहाँका सभ्यता, परम्परा, संस्कृति यस भेकका सम्पति थिए । छोरीको खुट्टा ढोग्ने र छोरीको साष्ट्राङ्ग डण्डवत लिने दुवै परंपरा यहाका साझा थिए । यो आआङ्खनो कुल परंपराको चलन मान्ने र अर्काको नमाने पनि त्यसलाई सम्मान गर्ने समाज थियोे । पुर्वीय सभ्यता नै बहु आयामिक र विविधताको संगम हो । जुन वेला यो तथ्यलाई अस्विकार गरिन्छ त्यसै वेला पुर्वीय सभ्यता विनास तिर लम्कन्छ, आजको झुटको खेती गर्नेहरु सबैले यही नै गर्दैछन् । डमरु वजाएर त्रिशुल हातमा लिएर रमाउने, आफ्ना ग्रन्थमा किरातेश्वर भनेर भनिएकाको उपसना गर्नेहरुले किराँतले हामी अलग हौ भन्ने वित्तिकै अलग मान्ने हो भने के तिनलाई किरातेश्वरको अर्चना गर्ने वैधानिकता छ ? विष्णुको नवौं अवतारको रुपमा बुद्धको पुजा गर्नेहरुले के बुद्धमार्गी हाम्रा हैनन् भन्न हुन्छ ? 
एकले अर्कालाई खिण्डनकारी, आतंकारी, अराजक देख्ने अनि धम्काउने कुराले अपनत्व हैन वैमनश्यता वढाउँछ । पूर्वीय दर्शनले कसैको पनि उपासना स्थल देखेमा त्यसलाई नमन गर्न सिकाउँछ । बाटोमा शव यात्रा भेट्दा पनि त्यसको सम्मानमा शिर निहुराउन भन्छ । चाहे त्यो शव जसको होस्, जुन सम्प्रदायको होस् । शवले समान आदर पाउँछ । किनभने एक मानवले देह त्यागेको छ, केही मानवलाई दुःख परेको छ । त्यसैले दुःखमा दुःखी भएर आफुले सके जतिको सम्मान र श्रद्धान्जली व्यक्त गर्नु पर्दछ, यो नै सनातन सभ्यता हो । त्यसैले विगतको तितोलाई महत्व नदिई त्यसको मिठो केही छ भने त्यसलाई आत्मसात् गरेर भविष्यको सुन्दर योजना तर्जुमा गर्नु पर्ने हो । भएकोमा थपेर परिमार्जन गर्दै गएमा प्रगति हुन्छ, हमेशा नयाँ मात्र बनाउन खोज्ने हो भने बन्दै गरेको पनि भत्कने हुन्छ ।