Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

आलम आतंक ः कहाँ छ सरकार ?

०२ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

अदालतमा थुनछेकेको बहस चलिरहेको थियो, आलमका समर्थकले प्रहरी थानामै बम प्रहार गरेर प्रभावित पार्ने प्रयत्न गरे । शुक्रवार अन्तिम बहस के सकिएको थियो, न्यायाधीश दीपक ढकालले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए र प्रहरी सुरक्षासहित राजधानी फर्किए । सरकारी वकिल फणीन्द्र कटवालले समेत न्यायाधीशसँगै सरुवा गर्न निवदेन दिएका छन् । यतिसम्मको आतंक ?
सुरुमा सांसद मोहम्मद आलमलाई बचाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले नै कांग्रेसविरुद्धको नेकपा षडयन्त्र भनेका थिए । पछि बोली सच्याए । आलमलाई बचाउन, निर्दोष साबित गर्नका लागि देशका एकसेएक वकिलहरु रौतहट पुगेर बहस गरे । जसमा प्रेमबहादुर खड्का, शम्भु थापाm शेरबहादुर केसी, रमणकुमार श्रेष्ठ, सुनील पोखरेल, योगेन्द्र अधिकारी, अनिरुद्द महतो, अनोजकुमार यादव, रामनाथ कुसवाहा, अफताब आलम, मो. सफी अहमद, किशोर राउत, रामबहादुर दास, सवुरीलाल ठाकुर, धीरेन्द्र तिवारी, जगदीश राय यादव, हरिशंकर प्रसाद, सोनेलाल पटेल, रामईश्वर प्रसाद, रामविनोद पटेल, नन्दकिशोर साह, राजाराम राय यादव, भाग्यनारायण झा, हेमचन्द्रलाल कर्ण, मोहम्मद मजरुल हक, शेख मैनुद्दिन, अनन्त अधिकारी, रामदरेश प्रसाद, रामविनोदकुमार गिरी, सञ्जीवकुमार मलिक, लालबहादुर यादव, विनयलाल कर्ण, जितेन्द्रकुमार सिंह रहेका थिए । तर बचाउन सकेनन् । आलम जेल चलान भएका छन् ।