Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भारत र चीनलाई किन बेवास्ता

२३ सोमबार , मंसिर २०७६६ बर्ष अगाडि

प्रेमसागर पौडेल -
भारत र चीनलाई बेवास्ता गरेर नेपाल भ्रमणवर्ष २०२० सफल पार्छु भन्ने नेपाल सरकारको ध्येय मुर्खतापूर्ण हुनेछ ।
चीनको राजधानी बेजिङमा ‘सिनो(नेपाल ईन्टरनेशनल पब्लिक रिलेसन्स’ दर्ता गरेर कार्यालय खोलिएको छ । यसको उद्देश्य कसरी नेपाललाई लाभ दिलाउन सकिन्छ भन्ने नै हो । एउटै देशमा ३० लाख पर्यटक पठाउन सक्ने चीन र दक्षिणी छिमेकी भारतसँग मैत्रीभाव बढाएर पर्यटक पठाइदिन विश्वास दिलाउन सकेको खण्डमा नेपाल भ्रमणवर्ष २०२० सफल नहुने कुरै छैन । यसका लागि नेपालले न चीन, न भारतसँग नै पत्रचार गरेको छ । यो सरकारको दयनीय अवस्था हो यो ।
पर्यटन वर्ष सुरु हुन अव केही दिनमात्र बाँकी छ । पर्यटन वर्ष सफल पार्ने विशेष योजना नै सरकारमा देखिन्न, सरकारले तत्काल विशेष महत्वका साथ काम गर्न जरुरी देखिन्छ ।