Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हिन्दूसंस्थाहरु हिन्दूत्व जोगाउन किन मौन ?

०१ सोमबार , बैशाख २०७७५ बर्ष अगाडि

शेखर ढुंगेल -
धार्मिकता बिनाको र मानवीयता बिनाको धर्म हुँदैन । अझ आधुनिक समयमा धर्मको मर्मलाइ आर्थिक, सामाजिक र राजनीतिसित परस्पर सहयात्रा वा सहभागिता गराउँदै लैजानुको बिकल्प छैन । आर्थिक रुपमा बिपन्न बिश्वको एक मात्र हिन्दुराष्ट्र नेपाललाई आर्थिक सम्वृद्धितर्फ उचाल्नु  जातीय विभेदको शुन्यतामा  र शिक्षा र आत्मनिर्भरताको पहुँचमा पु¥याउन  बिश्वहिन्दु महासंघले नीति योजना नियम बनाएर अग्रसरता लिनु जरुरी छ ।
धर्म परिबर्तनको संक्रमण रोक्न हिन्दु मठ मन्दिरलाई ब्यबस्थापन गरि  सेवामूलक बनाउनु आजको आबश्यकता हो । हाम्रो आर्थिक र सामाजिक केही कमीकमजोरीलाई आधार बनाइ नकारात्मक प्रचार गरि सम्पूर्ण हिन्दु शास्त्र नीति र विशिष्टता समेतको आलोचना गर्ने गराउने र बिस्थापित गराउने सम्मको आक्रामक नीति धर्म परिबर्तन गराउने मिसिनरीले अपनाउन थालेका छन् । सत्य यही हो । हामी सबैलाई यो थाहा छ । अझै ति कमी कमजोरीलाई परिमार्जित गर्ने वा सुधार्ने र अतिक्रमित समूह र क्षेत्रमा आफ्नो खुट्टा टेकाउन नसक्ने हिन्दुवादी संघ सस्था र मठ र मठाधीशहरुको ध्यान नपुग्नु सोचनीय मात्र होइन चिन्तनीय पनि छ ।
तसर्थ बिश्व हिन्दु महासंघ स्वयम् र अन्तर्गतका सबै संघ सस्था र प्रतिनिधिलाई सक्रियतापूर्बक निम्न  काम गर्न गराउन जरुरी छ ।
१. सम्पूर्ण मठ मन्दिरलाई राष्ट्रिय संजालमा प्रवेश गराई ब्यबस्थापन गरि संकलित भेटि चन्दालाई स्थानीय देखि केन्द्र सम्मका दुःखी, विपन्न, सिमान्तकृत, पिडित नागरिकको मानवीय सेवामा समर्पित गर्ने नीति निर्माण र कार्यान्वयन गर्ने गराउने ।
२. देश दिनानुदिन आर्थिक विपन्नतातर्फ गएको यस विषम परिस्थितिले हातमुख जोर्न धौधौ पर्ने पिडीत हरुको संख्या बढ्दो छ र देशको कृषि उत्पादनमा आएको अकल्पनीय ह्रासले गर्दा बार्षिक ४५–५० अर्बको चामल र त्यतिनै बराबर तिल, जौ, मकै, एवम् अन्य पूजाका सामान आयात गरिरहेका छौ । तसर्थ हामीले आयातलाई न्यूनीकरण गरि आर्थिक विपन्नता रोक्नको लागि पुजाको परम्परालाई ब्यबस्थित र मितव्ययी बनाउनु समयको माग हो । हाम्रो पुजा संस्कार पनि नियमित होस,् मितव्ययी होस् र मानव सेवामा सदुपयोग होस् भन्ने उदेश्यले पुजाको सामग्री प्याकेटमा समर्पण गर्ने, त्यसलाई संकलन गर्ने र पुन प्रयोगमा लेराउने साथै तत्काल बिग्रने पुजाका सामानलाई स्थानीय दुःखि पिडितलाई दैनिक निश्चित समयमा बाड्ने नीति अपनाउन पशुपति बिकास कोष लगायत अन्य मठ मन्दिरमा समेत अनुरोध र कार्यान्वयन गर्न लगाउन यस सस्थाले सक्रियता लिने ।
३.  प्राकृतिक बिपत्ति एबम दुखि पिडितको नागरिकको सेवाको लागि आकस्मिक कोष स्थापना गरि सबैभन्दा पहिले यस्तो विपदमा उपस्थिति देखाउने, अझ सम्भब हुन्छ भने क्रमशः प्रत्येक जिल्लामा विपद ब्यबस्थापनका लागि एक सेल्टर सेन्टरबनाउने ।
४. राष्ट्रिय जनावर गाई माताको सम्मान र सुरक्षाको लागि बिश्व हिन्दु महासंघ लगायतका संस्थाहरु के गरिरहेका छन् ? कानुनमा शास्त्रमा गाई मार्नु मानिस मार्नु बराबर हो भनिन्छ तर सरकारी निकाय बाट नै क्रुर तरिकाले केही महिना अगाडी सुदूरपश्चिममा गाइ मार्दा किन कोही बोलेन र अपराधीलाई दण्डित गर्न कानुनी प्रक्रियामा गएन ? राष्ट्रिय जनावरको मासु आयात गर्ने र बिक्री गर्नेहरुको बिरुद्धमा किन चुँइक्क बोल्दैनन कथित् हिन्दुत्वबादीहरु ?
५.  इशाईहरुबाट अति  संक्रमित समूह र क्षेत्र पहिचान गरि त्यस्तो समूह र क्षेत्रमा शिक्षा, स्वास्थ्य एबम सनातन धर्म सस्कृतिको पहिचान महत्वको बारेमा संचेतना कार्यक्रम, मन्दिर निर्माण गर्ने त्यसको लागि सरकारसित समन्वयन गरि आबश्यक स्रोतको लागि पहल गर्ने ।
६.  जातीय विभेदलाई निर्मूल गर्न  बिश्व हिन्दु महासंघको पहलमा  कमसेकम महिनामा एक दिन कुनै दुर्गम क्षेत्रमा सहभोज एबम संचेतना कार्यक्रम, अन्यायमा परेकालाई न्याय दिन पहल गर्ने गराउने, सामाजिक बिकृति विसंगतिलाई हटाउने अग्रसरता लिनुपर्छ । इतिहासमै वर्तमान सबैभन्दा इशाई आक्रमित अवस्था हो यसको निषेध नियन्त्रणको लागि किन मानवीय सेवा मुखी कुनै कार्य कुनै संघ सस्था वा धर्मभीरुहरुबाट भइरहेको छैन, शंख फुकेर घन्टी बजाएर वा भजन गाएर वा प्रवचन दिएर वा मन्दिर बनाएर मात्र हामीले हिन्दुत्व बचाउन सक्दैनौ ।  
७. साना ठूला मठ मन्दिरको तथ्यांक लिने, आश्रित पुजारी उसको परिवार समूह, बृद्धबृद्धा, बालक, अशक्त हरुको तथ्यांक लिने र आबश्यक सहयोग गर्ने वा ब्यबस्थापनमा सहभागी हुने ।
८.  देश भरिका मठ मन्दिरमा भेटि चन्दा कति संकलन हुन्छ ? कसरी सेवामा सदुपयोग गर्न सकिन्छ ? सरकार सित समन्वयन गरी नीति  निर्माण र कार्यान्वयन गर्ने गराउने, मठ मन्दिरको आय स्रोतलाई ब्यबस्थित गरि निशुुल्क शिक्षा, स्वास्थ्य उपचार र सुरक्षा विशेष प्रवन्ध मिलाउनुपर्छ ।
९. हिन्दु शास्त्र वा धर्म आधुनिक विज्ञानले समेत प्रेरित गरेको अक्सिजनको महा स्रोतको पिपल र बर वृक्ष  एबम क्यान्सर लगायत थुप्रै रोगको महौषधि तुलसी बिरुवालाई ब्यापक रुपमा रोपण र संरक्षण गर्ने गराउने र एउटा नमुना बाटिका निर्माण गर्ने । तुलसीलाई धर्मको नाममा मात्र नभै पर्यावरण र स्वास्थ्य हितको लागि उत्पादन गर्न सघाउने, प्रचार गर्ने ।
१०. बिश्व हिन्दु महासंघको सक्रियतामा निश्चित ठाउमा  दैनिक, नभए पर्ब पर्बलाई लक्षित गरी गरिव पिडितलाई खाना खुवाउने, कपडा बाड्ने, स्वास्थ्योपचार वा औषधि वितरण गर्ने ।
११. पुर्खाले पबित्र र धार्मिक मनले  निर्माण गरिदिएका पाटीपौवा, कुवाधाराको तथ्यांक राख्ने र सम्भब  संरक्षण गर्ने । जनमुखी बन्दैजाने ।