Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

बुद्धिनारायणको बुद्धि

०१ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले सरकारलाई बुद्धि दिएका छन् । उनले भनेका छन्– कोरोना भाइरस संक्रमण प्रकोप साम्य हुनेबित्तिकै नेपाल–भारत सीमा नियमन गर्न अहिलेदेखि नै गृहकार्य सुरु गरिहाल्नु पर्छ । अबेर नगरौं ।
सबै नाकाको दशगजा क्षेत्रमा प्रिफ्याबका कोरिडोर कोठा बनाई त्यस्ता कोरिडोरमा आवश्यकता अनुसार तीनदेखि पाँच डेस्क स्थापना गरिनु आवश्यक पर्छ । 
त्यस्ता डेस्क टेबलमाथि सानो स्टान्ड बनाई रडसहितको डिजिटल अथवा मोबाइल क्यामेरा जडिनु पर्छ । सीमा वारपार गर्ने यात्रुलाई आफ्नो परिचयपत्र त्यस क्यामेराको मुनि टेबलको निश्चित स्थानमा राख्न लगाई क्यामेराले क्लिक गर्र्नेिबत्तिकै परिचयपत्र उठाएर कोरिडोरबाट बाहिरिने व्यवस्था गरिनुपर्छ । 
बेल्ही–सुनौलीजस्ता भिंडभाँड हुने नाकामा पाँच डेस्क राखियो भने एक घन्टामा ३०० जना अर्थात् १२ घन्टामा ३ हजार ६ सय यात्रु आवागमन गर्नसक्ने हुन्छन् । 
क्यामेराले खिचेको संख्या गन्ती गरी रात परेपछि डिजिटल रुपमा तथ्यांक स्थापना गरिनु पर्छ । अहिले कोरोना भाइरसले आतंक फैलाए जसरी, अपराधी, विध्वंसकारी, जाली भारतीय नोट निकासीकर्ता, लागुपदार्थ ओसार–पसारवाला, मानव तथा सामान तस्कर सजिलै खुला सीमापार गरी दुवै सीमावर्ती क्षेत्रको समाजलाई विकृत पार्न नदिन सीमा नियमन आवश्यक परेको छ । सीमा नियमन गर्न सुरु गर्ने अवसर पनि हो यो । अहिले नगरेर पछि गरुँला राष्ट्रिय भन्नु भुल हुनेछ ।