Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कि कुल्चनु पर्‍यो, कि त मान्नुपर्‍यो : शाश्वत शर्मा

२५ सोमबार , जेठ २०७२१० बर्ष अगाडि

सन्दर्भ नेपाल र मधेसको हो। नेपालभित्रकै 'मधेस'लाई छुट्टै राष्ट्र देखाउन र प्रमाणित गर्न मधेसका एकथरि विद्वान, पत्रकार र केही नेताहरु भरमग्दुर लागिपरेका छन्। यो गणतन्त्र नाम दिइएको भाँडतन्त्र स्थापना गरिएपछि सर्वत्र विकृति आउँछ र छाउँछ भन्ने अनुमान त उहिल्यै गरिएको थियो। तर गणतन्त्रको  आवरणमा राष्ट्रिय अखण्डता मािथ नै धावा बोल्ने छुट पनि पाइन्छ भन्ने अनुमान शायद कसैले (०६२–६३ को गुण्डागर्दीमा लाग्नेले पनि) गरेका थिएनन्। ...अव हेरौं त, मधेसीहरुसँग सम्बन्धित पत्रिकाहरु, सामाजिक सञ्जालहरुमा 'पहाडीया'हरुलाई नेपाली र पहाडलाई  'नेपाल' भनेर सम्बोधन गर्दै मधेस राष्ट्र र मधेसी जनता भनेर छुट्टै सार्वभौम राष्ट्र देखाउन खोजिएको? ०४६ सालमा पञ्चायती व्यवस्था गयो, ०६३ सालमा गुण्डागर्दी गरेर शाहबंशीय राजतन्त्रलाई फालियो, ...लाग्छ, अव सिध्याउने पालो 'नेपाल' राष्ट्रको हो। यो मुलुकलाई टुक्य्राएर आ–आफ्नो अभिष्ट पूरा गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सबैथरि लागेका छन्। यहाँ सीके राउत, जेपी गुप्ता, जयकृष्ण गोइत, सरिता गिरीहरु त देखिएका पात्र हुन्, नदेखिएका र अहिले नेपालकै उच्च ओहोदामा पदासीन भएका मधेसीमूलका नेपाली महानुभावहरु पनि छन्, यो 'मुहिम'मा भनेर बताउँछन् एकथरि जानकार। काठमाडौंको 'सुखसुविधा' लिएर नेपाल टुक्य्राउन खोज्नेहरुलाई समर्थन र सहयोग गर्नेहरुका बारेमा यहाँको प्रहरी, सेना र सरकारसमेतलाई अवश्य जानकारी हेाला। ...तर जानकारी भएर के गर्ने? कुनै कारवाही नै हुँदैन। पक्राउ गरेर (नाटक गरेर) घरमै लगेर छाडिदिने गरेको पनि देखियो। (सीके राउत प्रकरण) नेपाल आमालाई बेश्या भन्ने सीके राउतजस्ता व्यक्ति र उसको बिखण्डनवादी सोचलाई अदालतले पनि कुनै कडा दण्ड दिएको देखिएन।
त, 'नेपाल'को सिमाना दक्षिणतिरबाट च्यापिदै गएर सानो हुँदै गइरहेकै थियो तर अव हुँदा हुँदा आन्दोलन गरेर (पृथकतावादी) पूरै राष्ट्रलाई छिन्न भिन्न पार्ने षडयन्त्र, जनआन्दोलनको सफलतासँगै सुरु भएको छ। विहान बेलुकाको छाकमा जनतालाई अल्मलाई दिएर त्यस्ता राष्ट्रविरोधीहरुलई खेल्न छुट दिन यो सरकार र ती विपक्षीहरु लागिपरेको महसुस यहाँका चिन्तकहरुलाई भइरहेको छ। अव यहाँका 'युवा'हरु पनि त्यस्तै। 'अरुको आङको जुम्रा देख्ने, अनि आफ्नो आङको भैंसी पनि नदेख्ने' भनाई यहाँका युवा बर्गमा लागू हुन्छ। केही दिनका लागि आएका (भूकम्पको रिपोर्टिङ गर्न) भारतीय पत्रकारहरुले गरेको धावा (नेपालमाथि) लाई देख्ने तर नेपालको सिमाना खुम्चिएको, अनि यी कथित नेपालीहरुले राष्ट्र टुक्य्राउन खोजेको षडयन्त्र चैं नदेख्ने? त्यसो त, एकथरिको विचारमा भारतीय विस्तारवाद यो षडयन्त्रमा प्रत्यक्ष संलग्न छ। आफूभन्दा 'बलिया'का अगाडि लम्पसार पर्ने...आफूभन्दा साना र निर्बलीयालाई नछाड्ने' भारतीय बिस्तारवादको राष्ट्रिय नीति अन्तर्गत नै नेपालबाट तराई मधेसलाई छुट्याउने 'कार्यक्रम' अगाडि बढिरहेको छ भनेर बताउँछन् ती विद्वान। यस्तो विपत्तिमा पनि एकता भाँड्ने र बिखण्डनकै कुरा उठाउने षडयन्त्र भइरहेछ। सत्य यही हो कि सरकार र यहाँका प्रमुख विपक्षीहरुबाट केही 'आश' नगरे पनि हुन्छ। यदि यसै हो भने नेपाली जनता एकजूट नभई अव यो 'नेपाल' सग्लो नरहने भो। जनस्तरबाटै प्रतिकार हुने हो भने मुलुक बच्ला, अन्यथा अव त गाह्रै स्थिति देखिन थाल्यो। यस्ता डरलाग्दा भनाईहरु पनि खतराको आहट सुन्नेहरुबाट आउन थालिसकेका छन्।
०५२ सालबाट भारतीय बिस्तारवादकै योजना अनुरुप कथित जनयुद्ध र ०६२–६३ मा जनआन्दोलन सुरु गरेका तत्कालीन माओवादीहरु हुन्– यो नेपाल टुक्य्राउने कार्यक्रमका अभियन्ता। पृथ्वीनारायण शाहलाई दोषी देखाएर सुरु गरिएको यो 'अभियान'मा भारतबाट सञ्चालित मधेसी नेताहरु पछि मिसिएका हुन्। राजतन्त्रलाई सिध्याउन मधेसी जनजातिहरुलाई भड्काउन यस्ता नेपालविरोधी नारा दिएका प्रचण्ड र बाबुरामहरु नै प्रमुख दोषी हुन् यो राष्ट्रघातको। 'विष' रोपिसकेका छन्, त्यसलाई नजानिदो किसिमले मलजल गरिरहेका छन् यहाँका सत्ताधारीहरुले। अव हामी नेपालीहरु, पहाडमा बस्ने पनि र मधेसमा बस्नेले पनि गर्ने भनेको संयुक्त आन्दोलन नै हो। राष्ट्रघातीहरुविरुद्ध राष्ट्रवादी आन्दोलन। भारतीय विस्तारवादको भण्डाफोर र यहाँका कथित देशद्रोही नेताहरुको भण्डाफोर गर्दै देश बचाउन, राष्ट्रिय एकता कायम राख्न एक भई आन्दोलन गर्नुको अर्को विकल्प छैन। ...नत्र भने मुलुक त गयो, गयो। निर्णय गरौं, हामी नेताको नौटंकी हेर्ने कि आफ्नो राष्ट्रिय पहिचान बचाउनतिर लाग्ने?