Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

अनगिन्ती छन् प्राकृतिक सौन्दर्यहरु

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

Bashu Wagle
नेपाल प्रकृतिको बरदानप्राप्त मुलुक हो। यहाँ प्राकृतिक सौन्दर्य कति छन् कति। जता हेरे पनि मनमोहन दृश्यहरु देखिन्छन्। यसकारण पर्यटन उद्यम सेलाउला, केही समय अप्ठेरोमा परेको हो, समाप्त भएको होइन। पर्यटनका सम्भाबना जति पनि छन् नेपालमा। सकारात्मक प्रचारको खाँचो छ। हो, महाभूकम्पले टे्रकिङ्, आरोहणमा ठूलो प्रहार भएको छ। प्राकृतिक प्रकोपसँग कसैको केही लाग्दैन। प्रकोप हो, यो बिस्तारै शान्त हुँदै जाँदैछ। ठूलो क्षति भयो, क्षतिबाट मान्छेहरु बिस्तारै बाँच्ने र जिवन्त हुने प्रयासमा जुटिसकेका छन्। समयले सबै घाउमा खाटा बसाल्नेछ। भूकम्पले हल्लाएका, बिगारेका, भत्काएका प्राकृतिक छटाहरु पुनः बन्नेछन्। यसमा शंका छैन। र, ऐतिहासिक, पुरातात्वीक महत्वका मन्दिर, मस्जिद, धरोहरहरु पनि केही समय लाग्छ, पुनरुद्धार हुनेछन्। यसकारण नेपालको सौन्दर्य विश्व पर्यटनका लागि आज पनि आकर्षक कै केन्द्रमा छन्। विश्वमा नहेरी नहुने पर्यटक दृष्टिकोणले नेपाल १९औं स्थानमा थियो, आज पनि त्यो स्थान बरकरार नै छ। मात्र हामीले पर्यटन गन्तव्य, पर्यटन केन्द्रहरुका रुपमा थप, प्रकासमा नआएका, उचित प्रचार नपाएका प्राकृतिक छटा, सौन्दर्यहरुलाई सार्वजनिकरण गर्नुपर्छ। यतिखेर पर्यटक नेपालबाट तर्सेका छन्, तिनलाई आश्वस्त पार्ने जिम्मा हामी सबैको हो। भूकम्प सधैं जाँदैन, र भूकम्पले सधैं यस्तो विनास पनि गर्दैन। भूकम्पले जे जति बिनास गरे पनि नेपाल प्राकृतिक सौन्दर्यले भरिपूण मुलुक हो। हामी सबैले पर्यटनका लागि केही योगदान दिनैपर्छ। यत्ति भनौं कि विश्वमा कुनै मुलुक छ जुन देशमा नयाँ वर्षको एक दिनमात्र फूल फुल्छ? त्यो मुलुकमा पर्यटनको अपार सम्भाव्यता छ।