Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विपदकालमा साना लगानीका मिडियाको अवस्था र भूमिका

०७ सोमबार , असार २०७२१० बर्ष अगाडि

यही विषयमा प्रेस काउन्सिल नेपालमा मिडिया सम्वाद उपसमितिले असार ४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले साना लगानीका मिडिया नेपाली सञ्चार जगतको जग भएको बताउादै साना मिडियामा देखिएका समस्याको पहिचान र समाधानका लागि आवश्यक रायसुझावको अपेक्षा राखेको बताउनुभयो। र, साना लगानीका छापासञ्चारमाध्यमलाई संरक्षण र सम्वद्धनको खााचो रहेको, राहत र पुर्ननिर्माणमा राज्यको भूमिका फितलो देखिएकोले यसलाई प्रभावकारी वनाई विपत्तिवाट जनताको गिरेको मनोवल जोगाउन पत्रकारहरु सशक्त रुपमा लाग्न जोड दिनुभयो। साथै छापामाध्यमको आफ्नै विशिष्ठ योगदान रहेको र केही कमीकमजोरीका कारण संवेेदनशीलतालाई ध्यान नदिई जनमानसमा हुन गएको मानसिक पीडालाई कम गर्न, प्रेसलाई जिम्मेवार वनाउन , प्रेसको संरक्षण गर्न प्रेस काउन्सिलले छापा तथा विद्युतीय मिडियाको अनुगमन प्रक्रिया राजधानीवाट सुरु गरिसकेको र यथासक्य प्रेस परीक्षाको व्यवस्था गर्ने, पत्रकारको वर्गीकरण गर्ने कुरा प्रष्ट पार्नुभएको थियो।
कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले वहुलवादी विशेषतायुक्त रहेकोले स्थानीय मिडियाको आवश्यकता नकार्न नहुने वताउादै इतिहासदेखि नै स्थानीयस्तरसम्म पुगेर स्थानीय मुद्धाको उठान गर्ने साना लगानीका मिडियाको भूमिका महत्वपूर्ण रहेको वताउनुभयो। मिडिया सम्वाद उपसमिति संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलवहादुर भण्डारीले कार्यक्रमको संयोजन गदै, सवै एकजुट भई समन्वय गरी अघि वढ्ने वताउनुभएको थियो। ४५ जना पत्रकारहरु सहभागी भएको यो अन्तरसंवाद कार्यक्रममा काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले साना लगानीका पत्रपत्रिकाको अवस्था दयनीय रहेको मूल्याङ्न गर्दै र यसको संरक्षण गर्नु निष्कर्ष भएको भन्दै कार्यक्रम समापन गरिएको थियो।

काउन्सिलले निम्त्याएका मनोविज्ञ प्रेमनारायण भुसालले कार्यपत्र पेश गर्नु भएको थियो। कार्यपत्रका मुख्य बुादा यस्ता छन् –   प्राकृतिक विपत्तिमा नेपाली सञ्चारको भूमिका तथा प्रभाव ...नेपाली सञ्चार जगत्मा विगतका बीस वर्ष निकै उपलब्धिमूलक देखिएका छन्। २०७२ सालको पहिलो महिनामा राष्ट्रमा आएको प्राकृतिक विपत्तिमा पनि सञ्चार जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो।..
सञ्चारको भूमिका
वैशाख १२ गतेको घटनापछि घटनाको यथार्थ चित्रण गर्ने सन्दर्भमा टेलिभिजन र पत्रपत्रिकाका धेरैजसो भाग भग्नावशेष, मृतक र घाइतेको उद्धार गर्दै गरेका तस्बिरले भरिए भने एफएम रेडियोहरूमा क्षतिग्रत स्थानबाट प्रत्यक्ष संवाद र ताजा घटनाका रूपमा यिनै घटना र प्रसङ्ग प्रसारित भए। अन्तिम संस्कारका लागि स्थान अभावले पालो पर्खनु परेका, शवदाह गर्दै गरेका, आफन्तजन गुमाउादाको पीडामा रहेका जनमानसका दृश्य यत्रतत्र प्रशारित भए। यी घटनाको प्रसारणले राज्यप्रतिको वितृष्णा र त्रासको वातावरणलाई बढावा दिने काम समेत गरे। केही अनलाइन मिडियाले जनतालाई आतङ्कित पार्ने निराधार भविष्यवाणी र अपूर्ण सामग्रीहरू प्रस्तुत गरे।  
मनोसामाजिक प्रभाव
सुरुमा नडराएको तर सञ्चार माध्यममा प्रसारित सामग्रीका कारण Anxiety त्रास र डरको मात्रा अत्यधिक भई सामान्य जीवनमा फर्कन कठिनाइ भएका प्रौढहरूको सङ्ख्या पनि धेरै देखिन्छ। मन नै कमजोर भएका बेलामा समूहमा हुादा आत्मबल बढे पनि एक्लो हुादा र रातको समयमा बढी त्रसित हुनु स्वाभाविक हो। यस्तो अवस्थामा फैलाइएका अफवाहले पनि सहजै मानव मनलाई विचलित पारेको पाइन्छ।
निष्कर्ष
Anxiety Disorder / Post Traumatic Stress Disorder जस्ता समस्याका कारक यस्ता घटना बन्नसक्ने भएकाले सिर्जनशीलता, जीवनप्रतिको आशा, पुनर्निर्माण, सामूहिक संलग्नता जस्ता कुरालाई सञ्चार माध्यमले जोड दिने हो भने जनसाधारणलाई सामान्य जीवनमा फर्कन तथा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्दछ।