Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाली मजदुर एकता समाजको आवाज

२९ सोमबार , भाद्र २०७७५ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड-१९ को कारण विश्वका अधिकांश मुलुकमा गम्भीर असर पारेको बारेमा हामी सबैमा सर्वबिधितै छ । यसको प्रत्यक्ष मारमा मुख्यत खाडी मुलुक युएई, साउदी अरेबिया,मलेसिया,कतार लगाएतका विभिन्न देशमा श्रमिकको रूपमा कार्यरत नेपालीहरु दाजुभाइ दिदिबहिनीहरु माथी पनि गम्भीर असर पुर्याएको छ । तत्कालीन अवस्था देखि रोजगार गुमाएका भिसा अवधि सकिएका तथा स्वास्थमा समस्या सिर्जना हुन पुगि अस्वस्थ भएका लगाएत विभिन्न कारण स्वदेश फर्किन नपाएका श्रमिक दाजुभाइ दिदिबहिनीहरु आज सम्म पनि अलपत्र अवस्थामै रहेका छन्। यूएई तथा साउदीमा स्वदेश फर्काउन माग गर्दै नाराबाजी समेत गरेको घटनाहरु पनि सार्वजनिक हुदै आएका छन् । उनिहरुलाई समयमै वैकल्पिक व्यवस्था गरि नेपाल सरकारले स्वदेश फर्काउन नसक्नु दु:खद पक्ष हो यद्यपि यहि बिचमा पनि सरकारले व्यवस्था गरेको चार्टर फ्लाइटमा स्वदेश बाट ऋण खोजेर समेत स्वदेश फर्किन सक्ने सम्मका श्रमिकहरु स्वदेश फर्किए पनि स्वदेश बाट समेत आर्थिक मगाएर टिकट काट्न नसक्ने युएईको फ्लेक्स कम्पनीका १७ जना जस्तै हजारौं श्रमिक अहिलेसम्म पनि विदेशी गल्लीमा भोकै तिर्खै छट्पटी रहनुको पीडा शब्दमा अभिव्यक्त गर्न नै सकिन्न । यस्तो गम्भीर संवेदनशील अवस्था सिर्जना भएको हुदा प्रवासमा अलपत्र नेपालीहरु निशुल्क उद्वार गरिनु पर्दछ । विभिन्न देशमा त्यहाँको सरकारले निर्धारण गरेको ओभरस्टे फाइन नेपाल सरकार द्वारा कुटनैतिक पहल गरि मिनाहा गर्ने व्यवस्था मिलाइयोस साथै पछिल्लो चरण व्यवसायीक फ्लाइट मार्फत तय गरिएको हवाइ भाडादर अत्यन्तै महँगो भएको कारण उचित भाडादर कायम गरियोस् । स्थापना देखि नै श्रमिक हरुको पक्षमा निरन्तर आवाज उठाउदै आएको हाम्रो संस्था नेपाली मजदुर एकता समाज यश प्रेस विज्ञपति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ साथ साथै अलपत्र श्रमिकहरुलाई उनीहरुको वास्तविक अवस्थाको पहिचान गरि जतिसक्दो चाडै निशुल्क स्वदेश फर्काउन तथा बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएको खण्डमा नेपाल सरकारले राज्यकोष अथवा अन्य कुनै वैकल्पिक श्रोतहरुको खोजी गरि अलपत्र श्रमिकलाई सहज रूपमा जतिसक्दो चाडै स्वदेश फर्किने वातावरण बनाउन समेत नेपाली मजदुर एकता समाज नेपाल सरकार समक्ष जोडदार रूपमा माग गर्दछ धन्यवाद ।
........... .......... कार्यवाहक महासचिव अध्यक्ष दिलिप भट्टराई "समर्पण" तेज बहादुर कार्की