Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

स्यावास् सुजाता कोइराला

०७ सोमबार , असार २०७२११ बर्ष अगाडि

गिरिजाको औंला समातेर राजनीतिक भर्‍याङ चढ्न सफल भएकी भनेर लाञ्छित भएकी सुजाता कोइरालाले भूकम्पपीडितका लागि नमूना सहर बनाउन अघि सरेकी छिन्। स्यावास् सुजाता। सुजाता त्रिपालमा मुछिएकी छैनन्, न त भूकम्पपीडितको राहत दुरुपयोगमा। हिजोका दिनमा के भयो, त्यसको सम्झना गर्नुपर्ने कुरा छैन। देशलाई आपत परेको बेलामा सुजाताले उचित के गरिन्, के गर्न लागिन् महत्वपूर्ण कुरा त्यो हो। सुजाता कोइरालाले भूकम्पग्रस्त क्षेत्रमा नमुना सहर बनाउन चीनको चेम्बर अफ कमर्श चीनका निर्देशक लिजीवीच समझदारीपत्रमा सही गरेकी छिन्। घरवारविहीनका लागि बसोबासको व्यवस्था मिलाउने उद्देश्य 'जिपी कोइराला फाउण्डेशन र चाइना चेम्बर अफ कमर्श'ले लिएका छन्। यो सहकार्यले सुजातालाई विपदकी सहयोगी भनेर चिनाउने छ। सुजाता कोइरालाले पहिले नै हजार घर बनाइदिने घोषणा गरिसकेकी थिइन्। यो सहमति पछि उनले भनेकीछिन्– सरकारले कुन ठाउँमा कस्तो घर, कसरी बनाउने भन्ने नीति सार्वजनिक गरेपछि नमूना सहरको निर्माण थालिनेछ। सुजाता कोइराला यतिखेर इजरायल, रुस, जापान, कोरिया, भारतसँग सहकार्यका लागि तिनलाई मनाउन लागिपरेको उनका निकटवर्तीहरुले बताएका छन्।