Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गणतन्त्र र संविधानका प्रस्तावक

१४ सोमबार , असार २०७२११ बर्ष अगाडि

 झापा जोरशिमलका कृष्णप्रसाद सिटौला कुनै समय जुत्ता व्यापारी थिए, भन्सार छलेर इधर उधर गर्नु यिनको पेशा थियो। यिनको खप्पर कति बलियो रहेछ, बत्ती बलेको रहेछ भने चुनाव हारेर पनि यिनलाई गिरिजाप्रसाद कोइरालाले पहिलो संविधानसभाको पहिलो बैठक २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्ने प्रस्ताव गर्न पठाए, अहिले यिनै सिटौला गणतन्त्र नेपालको नयाँ संविधान मस्यौदा गरेर संविधान तैयार गर्न सफल भएका छन्। यो संविधान कति विवादित हुन्छ, नयाँ नेपाल बन्छ कि संविधान नै ऊँटजस्तो देखिन्छ, चल्छ कि बल्छ? यसको निर्क्यौल होला तर कृष्णप्रसाद सिटौला सफल भएका छन्।  सिटौलाको समितिबाट २९६ धारा, ३६ भाग र ७ अनुसूचीसहितको नयाँ संविधानको प्रारम्भिक मस्यौदा तैयार भएको छ। यो मस्यौदामा विभिन्न खाले धारणामा सहमति हुन नसक्नाले फरक मत कायम छ र संविधानसभा र जनतामा यो मस्यौदा छलफलमा गएपछि थप मतभिन्नताहरु उजागर हुनेछन्। यिनले गणतान्त्रिक संविधान मस्यौदाको काम सम्पन्न गरेर संसदमा बुझाएका छन्।
मस्यौदामा आवश्यक परिमार्जन गरिनेछ भनिए पनि शीर्ष नेताहरुले समितिका सदस्यहरुलाई समेत परिमार्जनका विषय  अन्तिम अवस्थासम्म बताएनन्। संसद, जनमतबाट आउने सुझावलाई मस्यौदामा संशोधन गर्न सकिने स्थितिमा संसदका ३१ दल र जनता तथा सडकका राजनीतिक शक्तिहरुले के कस्ता संशोधन गर्न प्रस्ताव गर्नेछन्, यो विषय निकै रोचक छ। यद्यपि सिमांकन, नामांकन, स्थानीय निर्वाचन, बहुलवाद, न्यायाधीशको पुनर्नियुक्ति, संशोधनका विषयमा  मत भिन्नता कायम रहेको छ। मुख्य सवाल मधेसी दलहरु र राजनीतिक शक्तिहरुले यो मस्यौदालाई उत्साहजनक भनेका छैनन् र तीब्र आलोचना गरिरहेका छन्। कतै यही कडीले छडी नलगाओस्?