Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

चर्चको पैसाले कम्युनिष्ट सफल

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

डा.उपेन्द्र देवकोटाले एमाओवादीले जनयुद्ध गर्न चर्चबाट पैसा खाएकाले अहिले धर्म विवाद उठेको खुलासा गरेका छन्। असार २५ गते मृगस्थलीमा देवकोटाले भनेका हुन्– आन्दोलाई चर्चहरुले लगानी गरे, नेपाल विश्वकै एकमात्र हिन्दूराष्ट्र, जहाा कम्युनिष्ट आन्दोलन चर्चको आर्थिक सहयोगले सफल भएको छ। यसरी चर्चको पैसाले कहिल्यै धार्मिक विवाद नउठेको नेपालमा धार्मिक युद्ध हुनसक्ने चेतावनी दिने देवकोटा पहिलो डाक्टर हुन्। हुन पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र संविधानको मस्यौदामा लेखिएको छ भने धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने सुविधा दिन लागेपछि देशभरि नै हिन्दूहरु प्रदर्शन गर्न र नारावाजी गर्न जुटेका छन्। नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर खुमबहादुर खड्काले महाभियान नै चलाएका छन् भने राप्रपा नेपालले त्यो माहाभियानलाई समर्थन गरेर हिन्दूराष्ट्र हुनुपर्छ भन्ने विषयमा संघर्ष गर्ने बताइरहेको छ। मस्यौदा सुधार भएन भने धर्मयुद्ध हुने खतरा देखिन्छ।