Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल बाह्य शक्तिको अखडा बन्दैछ

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

बोर्णबहादुर कार्की – अध्य212, प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले एक अन्तर्वार्तामा यस्तो चिन्ता प्रकट गरेका हुन्। कार्कीको तर्क छ– राष्ट्रिय राजनीति गतिहीनतामा फस्दै जानुको कारण ठूलो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोण र 212मता अहिलेका राजनीतिक पार्टी र नेताहरुमा नहुनु प्रमुख कारण हो। दोश्रो कारण हो बाह्य शक्तिको चलखेल। पार्टी र नेताहरुले मुलुकको राजनीतिलाई सम्हाल्न नसक्दाको तरल परिस्थितिमा बाह्य शक्तिहरुको भूमिका निर्णायक बन्दै गयो। अहिले स्थिति यति जटिल मोडमा पुगेको छ कि मुलुकका साना भन्दा साना समस्याहरु समाधान गर्न पनि बाह्य शक्तिको मुख ताक्नुपर्ने स्थिति छ। भौगोलिक रुपमा नेपाल विश्व राजनीतिको रणनीतिक स्थानमा छ। एशियाका दुई विशाल देश भारत र चीनको बीचमा नेपाल छ। नेपालमा हुने साना ठूला घटनाहरुको प्रभाव प्रत्य212 रुपमा यी दुवै छिमेकी मुलुकमा पर्दछ। नेपाली राजनीतिमा उनीहरुको चासो हुनु स्वभाविक छ। किनकि नेपालको राजनीतिक अस्थिरता उनीहरुको सुर212ासंग गाँसिएको छ। चीन र भारतलाई सन्तुलन र नियन्त्रण गरेर मात्र विश्व राजनीतिमा आफ्नो प्रभुत्वलाई बचाउन र बिस्तार गर्न सकिने मूल्याङकनका साथ महाशक्ति राष्ट्रहरुको चासो पनि यहाँ छ। पहिलो र दोश्रो छिमेकी मुलुकहरु र तेश्रो अन्य शक्तिबीच नेपाली राजनीतिमा त्रिकोणत्मक संघर्ष छ। उनीहरुले आ–आफ्नो स्वार्थ अनुसार यहाँको राजनीतिलाई हिंडाउन चाहँदा नेपाल बाह्य शक्तिको द्वन्द्वको अखडा बन्दैछ। दुई छिमेकी मुलुक भारत र चीनको चासो उनीहरुको सुर212ासंग जोडिएको छ। तेश्रो शक्तिको चलखेल यहाँ बढ्दा उनीहरु चिन्तित हुनु स्वभाविक हुन्छ। छिमेकी मुलुकको सुर212ामा असर पर्ने चलखेल गर्न अन्य बाह्य शक्तिहरुलाई दिनुहुदैन। यिनीहरुलाई नेपालको राष्ट्रिय आवश्यकता अनुसार सोचविचार गरेर आवश्यकताअनुसार मात्र स्पेश दिनु पर्दछ। यस्तो विदेश नीति बनाउन सकियो भने बाह्य चासोलाई व्यवस्थापन गर्न सकिन्छ।