Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

रुदै रुदै गए आदित्य : अधिवक्ता शिवप्रसाद सिग्देल

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

४ वर्षको नेपाली बालक आदित्य। विज्ञानका लागि समेत चुनौती बनिसकेको छ। आदित्यको दिमाग यदि तीक्ष्ण छ कि मान्छेमात्र होइन, विज्ञानसमेत हैरान छ। कसरी यस्तो विलक्षण प्रतिभा विकसित हुनसक्छ? यसको पूरा अनुसन्धान हुने भएको छ अमेरिकामा। तर आदित्यको माग छ– मेरो दिमागको होइन, शरीरको उपचार गर। अमेरिकाजस्तो विज्ञानको विकास भइसकेको र अत्याधुनिक प्रविधियुक्त थलोमा पुगेका आदित्य स्वस्थ भएर फर्कन्छन् भन्ने विश्वास सम्पूर्ण नेपालीहरुले लिएका छन्। आदित्य नेपालका गौरव हुन्, गौरव बन्नेछन्, गर्वगर्न लायक व्यक्तित्व हुनेछन्।     हामीवीच कुनै अदृश्य शक्ति छ, सम्पूर्ण नेपालीहरुको प्रार्थना त्यो शक्तिले सुन्नेछ र आदित्य हामीलाई रहस्यमय र चमत्कारिकता देखाउन छिटै फर्कनेछन्।
आदित्य नेपालमात्र होइन, निकै चर्चित बालक हुन्। उनको अर्को नाम गुगल ब्याय बनिसकेको छ। साउन ७ गते रुँदै रुँदै अमेरिकातिर उडे आदित्य। उपचारका लागि उनलाई अमेरिका लगिएको हो। यही दिन उनी ४ पुगेर ५ वर्ष लागे। जन्मदिनको केक काटे, केक खाए र आफन्तजन तथा प्रशंसकहरुका सामु भक्कानिएर रुँदै थिए, उनलाई बाबुले बोकेर जहाजतिर लगे। जाँदाजाँदै उनले एक महिनामा नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका छन्। के होला त्यो अनिष्ठ? चर्चा व्याप्त भएको छ। आदित्यले लेखेका छन्: 'म एक महिनापछि फर्कदा नेपालमा आमूल परिवर्तन वा अनिष्ठ हुन्छ।' यसकारण पनि आदित्य झन सनसनी बनेका छन्। उनको उपचारको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेको छ। यो थाहा पाएपछि उनले नेपाल सरकारलाई धन्यवाद लेखेका छन्। ४ वर्षका बालक बोल्न सक्दैनन् तर उनी अंग्रेजी, कोरिया, हिन्दी, जापानिज भाषा सजिलै लेख्न सक्छन्। बोल्न हिड्न नसक्ने भए पनि आदित्यमा असाधारण क्षमता छ। त्यो असाधारण क्षमताका कारण पनि आदित्य आकर्षण व्यक्तित्व बनेका हुन्। उनले मेरो दिमागको होइन, शरीरको उपचार गराउ भनेर पनि लेखेका थिए। आदित्य अमेरिकामा उपचारका लागि गए पनि नेपालमा उनलाई भगवानको अवतारका रुपमा चर्चा गर्न थालिएको छ। उनको प्रतिक्षा सबैले गरेका छन्।