Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कोरियाको ८० करोड : रोशन कार्की

११ सोमबार , श्रावण २०७२१० बर्ष अगाडि

मित्रता होस् त नेपाल–दक्षिण कोरियाको जस्तो। दक्षिण कोरियाले नेपालमा केही विशेष मुलुकलेजस्तै सहयोग मात्र गरेको छ। लिनुभन्दा पनि नेपालको विकास र स्थिरतामा सघाउने दक्षिण कोरियाको विशेषता देखिएको छ। कोरियाले विभिन्न क्षेत्रमा सघाएको छ। हालै नेपालको कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गर्न र ग्रामिण भेगका बासिन्दाको आय बृद्धि गर्नका लागि मासवेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न झण्डै ८० करोड आर्थिक अनुदान सहयोग गरेको छ। यसबाट ५ सयले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ। यो योजना नवलपरासी जिल्लामा सञ्चालन हुनेछ। जिल्लाको कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा यो योजना लागू गरिनेछ। यो योजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग कोइकाको संयुक्त निगरानीमा परिचालित हुनेछ।
कोरियाली राजदूत चो योङ जिन र अर्थसचिव सुमनप्रसाद शर्मावीच सम्झौतामा हस्ताक्षर भएको छ। यही अवसरको लाभ उठाएर राजदूत चोले भूकम्पपछिको पुननिर्माणमा कोरियाली सहायताको प्रतिवद्धता दोहोर्‍याएका छन् र नेपालको दिगो कृषि क्षेत्रको विकास र आयआर्जनका कार्यक्रमहरुमा कोरियाले निरन्तर सहयोग गर्दै रहने विश्वास दिलाएका छन्। राजदूत चोले नेपालको विकासको मेरुदण्ड भनेको कृषि नै हो। यसकारण कोरियाले नेपाली कृषि विकासमा महत्वका साथ सघाउन खोजेको र आर्थिक चुनौतीको सामना गर्न पनि दह्रो कृषि उद्यम फलदायी हुने बताएर नेपाललाई उत्साहित पारेका छन्। नेपालले सधैंझैं यसपटक पनि नेपाल कोरिया मैत्री गाँठो पक्का भएको र कोरियाले कूटनीतिक सम्बन्धको आधारबाट नेपाललाई निरन्तर सहयोग जुटाइरहेकोमा धन्यवाद दिएको छ। सचिव शर्माले नेपालको आर्थिक विकासमा कोरियाबाट प्राप्त भइरहेको सहयोगप्रति आभार प्रकट गरेका छन्। कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोगी हात अगाडि सारेको छ। यो नेपालका लागि कोरियाली ज्ञान, सीप र उत्साहको उत्प्रेरणा पनि हो। नेपालले कोरियाबाट सिक्नुपर्ने धेरै कुराहरु छन्, जो वैदेशिक रोजगारीका माध्यमबाट पनि नेपाल भित्रिने आशा गर्न सकिन्छ।
कुनै दिन कोरिया आफै वैदेशिक रोजगारी र रेमिटान्समा चल्ने मुलुक थियो। उनीहरुको कडा मेहनत, स्वावलम्बी र सार्वभौम सोचका कारण आज विकासको उचाई छुन सफलता हासिल गरेको छ। दक्षिण कोरियाले इपीएस अन्तर्गत हजारौं नेपाली युवायुवतीलाई रोजगारी दिएको छ। नेपाली युवाका लागि दक्षिण कोरिया पहिलो प्राथमिकतामा पर्छ। श्रम, यौन,  शारीरिक शोषण नहुने र न्यायपूर्ण रुपमा काम गर्न पाइने तथा मानवाधिकारयुक्त पारिश्रमिक पाइने भएकाले पनि कोरिया नेपाली युवायुवतीका लागि सपना नगरी बनेको हो। म आफै यसपटक केही दिन कोरिया भ्रमणमा गएर फर्केको छु। कोरियामा नेपालीप्रति सम्मान भाव छ। यसका लागि धन्यवाद कोरिया।