Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाललाई आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने चुनौती

२३ सोमबार , चैत्र २०७७५ बर्ष अगाडि

प्रेमसागर पौडेल - -
नेकपाका अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री भएको तीन वर्ष भइसकेको छ । आजका मितिसम्म नेपाली जनताले उहाँले चुनावताका भनेजस्तो विकास, स्थायित्व महशुस गर्न र देख्न पाएका छैनन् । ठीक उल्टो सरकारी संरक्षणमा भ्रष्टाचार मौलाएको छ, कानुनी राजको उपहास सरकार स्वयंले गरिरहेको छ, अराजकता पराकाष्ठामा छ र नेपालः चीन विखण्डन गर्ने अमेरिकी एम्बुसमा फसेको छ । देश दिनप्रतिदिन अमेरिकी षड्यन्त्रमा फस्दै गरेको छ । हाम्रा नेताहरू खासगरी प्रधानमन्त्री ओलीले अझै पनि आफु अब्बल देशभक्त देखिनका लागि मात्रै राष्ट्रियताका विषय उचालिरहनु भएको जनबुझाई रहेको देखिन्छ ।
अमेरिकाको नेपाल आगमनको आन्तरिक स्वार्थ– नेपालमा चिनियाँ गतिविधि पहिलेको तुलनामा बढेको छ । आगामी दशकदेखि नै विश्वको एक नम्बर अर्थतन्त्र हुनेगरी उदाएको चीनले नेपालमा सहयोगका क्रियाकलापहरूमा बढोत्तरी भएको छ । नेपालमा चीनको गतिविधि बढ्नु अहिले भारतभन्दा अमेरिकाका लागि चिन्ताको विषय बनेको छ। विश्व अर्थतन्त्रमा आफुलाई पछाडि पारेर ‘वान बेल्ट, वान रोड’ अर्थात बीआरआई परियोजना मार्फत एसियाबाट युरोप पुग्ने चीनको महत्वाकांक्षी योजना छ । तर, चीनको प्रभाव विश्वब्यापी रूपमा बढ्दै जाँदा अमेरिका शान्त रहन सक्दैन । यसैको कारण पनि अमेरिकाको भित्री स्वार्थ नेपालमा चीनको प्रभाव रोक्ने नै हो ।
सक्ला अमेरिकाले चीनको फैलदो आर्थिक कूटनीतिलाई रोक्न ? नेपालले पनि ब्यवहारमा नेपाली भूमि चीन विरूद्ध प्रयोग गर्न दिने र बोलीमा एक चीनको नीतिमा प्रतिबद्धता ब्यक्त गर्ने सरकारी द्वैध चरित्र अविलम्ब सुधार हुनुपर्छ ।