Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

धर्मयुद्ध गर्ने नै गर्ने त?

१८ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

स्वामी कमलनयनाचार्य राजनीतिमा फेरि छाएका छन्। उनले धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र घोषणा नभए 'धर्म नमान्नेहरुलाई हतियार प्रयोग गरेर लखेछ्नुपर्छ' भन्ने कडा अभिव्यक्ति दिएपछि स्वामी विवादमा आएका हुन्। यसअघि नेताहरुलाई प्रभावमा पारेर जंगल, जमिन र बजेट आफ्नो प्रभावमा पार्ने आरोप खेपिरहेका छन् स्वामीले।     स्वामीको कडा बयानवाजीको तीब्र आलोचना भएपछि स्वामीले एवीसी टीभी रोजे र त्यही टीभीमार्फत अन्तर्वार्तामा आफू हिंसात्मक नभएको र आध्यात्मिकतामा विश्वास गरेर ब्रम्हचारी भएको बयान पनि दिइसकेका छन्। तर स्वामीप्रति क्रिश्चियन लवी कडा रुपमा प्रस्तुत भइरहेको छ। राजनीतिक दलहरुलाई स्वामीविरुद्ध उचाल्ने र स्वामीलाई कारवाही गर्नुपर्छ भनेर वातावरणसमेत बनाउन थालेका छन्।
धर्मनिरपेक्षतावादीहरु जनताले रायसुझावमा आफ्नो शक्ति देखाइसकेको र दुईलाख सुझावमा आधाभन्दा बढी हिन्दूधर्म संविधानमा लेखिनुपर्छ भनेको विषयलाई छायाँमा पार्नका लागि स्वामीविरुद्ध खनियएको हुनसक्ने आशंका पनि गरिएको छ। यसैवीच क्रिश्चियन पाष्टरले जति चाहिन्छ पैसा दिन्छौं, संविधानमा धर्मनिरपेक्षता नै लेखिनुपर्छ भनेको अतिवादी भनाई पनि प्रचारमा आइसकेको छ। यसैवीच केही मन्त्रीहरु नै धर्मनिपेक्षता हट्दैन भनेर उफ्रेको विषय पनि सोचनीय बनेको छ।
स्वामी कमलनयनाचार्य धर्मगुरुभन्दा बढी हिंसावादी भए भन्ने आरोप लगाउन थालिएको छ। आरोप लगाउनेहरुले स्व्ाामीले 'धर्ममा आस्था र विश्वास राख्दिन कर्ममा विश्वास राख्छु' भन्नेलाई अपमान गरेका अर्थ निकालेका छन्। हिन्दूवादीलाई हिंस्रक बनाउन खोजेको भनिए पनि हिन्दूधर्म कहिले पनि हिंस्रक हुन नसक्ने दावी स्वामीले अन्तर्वार्ताका क्रममा स्पष्ट पारिसकेका छन् र आफूले परशुरामको प्रसङ्गमा भनेको कुरालाई अनर्थ लगाएर व्याख्या गरेको स्वामीको दावी रहेको छ। क्रिश्चियनहरुले अहिले स्वामी, सिके राउत र विप्लवलाई एकै ठाउँमा राखेर यी सबैमाथि निगरानी बढाउनु पर्ने र परिआए कारवाही गर्नुपर्ने स्यालहुइया मच्चाउन थालेका छन्। हिन्दूधर्मगुरु स्वामी, नेपाल टुक्य्राउँछु भन्ने सीके राउत र अव विद्रोह गरेर जनसंविधान लेखिन्छ भन्ने विप्लव कसरी एकैथरि बन्न पुगे, आश्चर्य लाग्छ। स्मरणीय छ, स्वामीले आफू सद्भाव, समता र सहिष्णुवादी भएको स्पष्ट पारिसकेका छन्। हिन्दूधर्म राष्ट्रिय राजनीतिक र सामाजिक मुद्दा बनिसकेको छ। यो मुद्दा धर्मयुद्धजस्तो बनिसकेको छ। यसै मुद्दालाई अन्नपूर्ण पोष्टमा स्वामीले छपाएको विषयलाई पनि धर्मनिरपेक्षतावादीहरुले ठूलै आपत्ति जनाएका छन्। थप स्मरणीय के पनि छ भने राजनीतिक व्यक्तिहरु स्वामीका चरण कमलमा लम्पसार पर्न जाने गरेका छन्। यो यथार्थ हो।