Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अब नि नबुझे कहिले बुझ्ने? : शाश्वत शर्मा

२५ सोमबार , श्रावण २०७२१० बर्ष अगाडि

आजबाट नेपाली सेनाले नया नेतृत्व पाउादैछ। बलाधिकृत रथी राजेन्द क्षेत्रीले आजबाट कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दैछन्। वर्तमान प्धानसेनापति गौरवशमशेर राणाको विवादास्पद कार्यकाल आउादो भदौको २६ गते पूर्ण रुपमा सकिने भएता पनि एक महिना अगाडि नै बिदामा बस्ने प्रचलन अनुसार राणा बिदामा गएका छन्। बलाधिकृत राजेन्द्र क्षेत्री जसका परिवारका प्रायः सदस्यहरु, नेपाली सेनामा उच्च ओहोदामा थिए र छन्, उनलाई हार्दिक बधाई तथा उनको देशभक्तिपूर्ण कार्यकालको सफलताका लागि अग्रीम हार्दिक शुभकामना। त्यसो त, आगमी दिनहरु नेपाल र नेपालीका लागि त्यति सरल र सहज छैनन्। कष्टपूर्ण समय छ, अगाडि। यस्तो कठिन समयमा राजेन्द्र क्षेत्री, जो प्रधानसेनापति भएका छन्, लाई पनि निश्चय पनि धेरै चुनौति र अप्ठ्याराहरुको सामना गर्नुपर्ने स्पष्ट देखिन्छ। तापनि, वहााको राष्ट्रप्रतिको अगाध प्रेम देशभक्तिपूर्ण सोचले गर्दा सम्पूर्ण नेपालीहरुको साथ र सहयोग पाएर उनले मुलुकलाई 'सुरक्षित' राख्न सफल हुनेछन् भन्नेमा मनेपालीहरु विश्वस्त छन्। जस्तो कि, माथि नै उल्लेख गरियो, अवका दिन सहज छैनन् भनेर, त्यसकारण अव नेपाली जनता आफै जागरुक हुनुपर्‍यो। तराई मधेशमा 'आगो' लगाईदिएको उहिल्यै हो। ९० प्रतिशत भन्दा बढी हिन्दूहरु बसोबास गर्ने हाम्रो मुलुकलाई कृश्चान मुलुक बनाउन खोजिएको पनि करिब दश वर्ष नै भइसक्यो। अहिले झन ६ प्रदेशसहितको संविधानमा 'सहमति' गरेर कथित चार प्रमुख दलले बलिरहेको 'आगो' मा अझ घ्यू थप्ने काम गरेका छन्। धर्मसम्बन्धि विवादलाई जन्माएर गणतन्त्रवादी एवम् डलरवादीहरुले नेपाल र नेपालीहरुलाई भड्खालोमा पार्ने जमर्को गरेका छन्।
त, अब के गर्ने? नेपाल र नेपालीका विरुद्धमा विदेशीहरुको इसारामा लादिएको यो कथित संविधानलाई एकजुट भएर बहिष्कार गर्ने। हाम्रो परापूर्वकालदेखि चलिआएको रितिरिवाज, संस्कारहरुलाई नमान्ने यो कथित संविधानलाई के मधेसी के पहाडी सबैले बहिष्कार गर्नैपर्छ। मुख्य मुख्य कुराहरुमा छिनोफानो नभइकनै कसरी ल्याउने संविधान? राजतन्त्रको विषय खोई? विभिन्न कारणले पूर्वराजा ज्ञानेन्द्र चूप लागे होलान्? तर राजतन्त्रप्रति आस्था राख्नेहरुले त चूप बसेका छैनन् र बस्नु पनि भएन।

त,त्यत्रो विशाल जनमत हुादाहुादै पनि राजतन्त्रप्रति गणतन्त्र। कसले मान्छ? यो सिधै मुलुकलाई गृहयुद्धमा धकेलिदिने षडयन्त्र होइन त? त्यस्तै गरेर ९० प्रतिशत भन्दा बढी जनता हिन्दू हुादाहुादै पनि यिनले कसरी धर्मनिरपेक्षताको वकालत गर्नसके? प्रष्ट छ, कमी कमजोरी हामी 'हिन्दू'हरुमा नै छ। अघि अन्तरिम संविधानमा यी 'कृष्तान'हरुले 'धर्मनिरपेक्षता' भन्ने प्रावधान राख्दाखेरी नै 'आन्दोलन' गर्‍या भए, यो दिन देख्नु नै पर्दैनथ्यो। गल्ती त्यहीनेर भयो। जसरी मधेसीहरुले सीके राउत भन्ने 'एजेन्ट'लाई अघि सार्दै आफ्नो 'मुलुक टुक्य्राउने' योजनालाई जिउादै राखेका थिए, ठिक त्यसैगरी राजावादी र हिन्दूवादीहरुले पनि आआफ्ना मुद्दाका लागि त्यतिबेलैदेखि आन्दोलन मच्चाउादै आउनु पर्नेथ्यो। 'जब पर्‍यो राति...तव बुढी ताती' भन्ने उखान चरितार्थ गरेर सकिन्न यी राष्ट्रघातीसग। अव समय घर्कियो, राष्ट्रविरोधीहरुले मुलुक सिध्याउन थाले। यस्तो 'अवस्था'मा कुनै पार्टी विशेषसाग लगाव छ भने पनि त्यो त्यागेर सम्पूर्ण राष्ट्रभक्त नेपालीहरु सडकमा ओर्लिउा। बुझे हुन्छ, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता भनेकै नेपालको नामोनिशान मेटाउने दुष्प्रयास हो, अव पनि नबुझे कहिले बुझ्ने?