Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

कि रेखाको चल्छ, कि देखाको चल्छ

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

(हरितालिका) तीज भदाै ३० गते। अहिलेदेखि नै महिलाहरु रातो सारी लगाएर नाच्न, गाउन र मीठो मीठो खाएर हाास्न थालिसकेका देखिदैछन्। भूकम्पपीडितले गाास, बास, कपास, ओखतीमूलो नपाएर विपत्ती खेपिरहेका बेलामा राजधानीका सम्पन्न, व्यवसायी महिला र कलाकार युवतीहरु 'कि रेखाको चल्छ, कि देखाको चल्छ' भनेर भएभरको देखाउन थालिसकेका छन्। आमनागरिकलाई प्राकृतिक भूकम्प गएको छ, यिनीहरु सेक्स बम बनेर भूकम्प ल्याउादैछन्। किन यसरी पात्तिएका होलान् युवतीहरु। अहिले बजारमा छाएको छ– ज्योति मगरको जवानी। उनी हतार हतारमा भएभरको देखाउन उद्दत छिन् र देखाएकै भरमा तीजलाई आफ्नै जवानीमा ढाल्न चाहन्छिन्। तीज भनेको यस्तै हो? यस सम्बन्धमा लोक गायिका हरिदेवी कोइराला भन्छिन्– यो त तीजको नाममा कलंक हो। फेरि तीजलाई कलंकित पार्न ज्योति मगरहरु किन नांगिदै तडक भडक देखाउादैछन्? \

अव तीज चेलीको दुःखसुख बााड्ने चाडबाड रहेन। तीज त रातो सारी चोलो लाउने र सारीचोलो फुकाल्दै देखाउादै जाने पर्व हुनथाल्यो। संस्कृतविदहरुसमेत तीजको यो भड्किलोपनलाई पश्चिमाकरणको संज्ञा दिन थालेका छन्। पोहरका वर्षहरुमा पोइल जान पाम्, महादेव बर पाम् भाषामा नाच्दै आएका युवती, महिलाहरु यसपटक त 'देखाकै चल्छ' भनेर लुगा फुकाल्न थालेका छन्। यस्तै हो भने छिटै तीजको अवसरमा युवतीहरुले देखाउनै नहुने चीज पनि देखाउन बेर छैन? आखिर जवानीले मात्तिएका युवतीहरु 'कि रेखाको चल्छ, कि देखाको चल्छ' भन्ने विश्वास गर्न थालिसके। यिनीहरु देखाउनै र समाजलाई अश्लिलता मन पर्छ भने के लाग्छ?