Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

हाँस्नुभन्दा पहिले नै, भमराको बात लाग्छन्

३२ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

अञ्जना वाग्ले
फक्रिएको फुल माथी, हजार हजार आँखा हेर्छन्
ओइली गए त्यै फुललाई, कैयौ पाइताला टेक्छन्
हाँस्नुभन्दा पहिले नै, भमराको बात लाग्छन्
लजाएरै मुस्काएनी, पराईको आँखा लाग्छन्।
खुशी हुदा टिपिदिन्छन्, बेखुशीमा टेकिदिन्छन्
श्राप हो कि भगवानको, थौरै मोलमा बेचिदिन्छन्
सजाइन्छ थाली माथि, घामको रापले डढे पनि
लगाइ दिन्छन् माला बनाई, भित्री मुटु छेडे पनि
मेरा संगीसाथी काडा जिउँछन् एउटै बोटहरुमा
मलाई किन चढाइदिन्छन्, मन्दिर भन्दै चोटहरुमा।