Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जागरण जगाउन जापानी विद्यार्थी : धर्मरत्न श्रेष्ठ

३२ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

भूकम्पप्रभावितले अझै राहत पाउन सकेका छैनन्, तर जापानदेखि आएका संस्था र विद्यार्थी, स्वसेवकले काम थालिसकेका छन्। पुनःनिर्माण कसरी गर्न सकिन्छ, जापानी विद्यार्थीहरु नेपाल आएर जागरण अभियान चलाउन थालेका छन्। धन्यवाद जापानी युवाहरु। तपाईहरुको जागरणले नेपाली युवाहरुमा नयाँ जोश जाग्ने निश्चित छ। महाभूकम्पका कारण मनोसामाजिक असरबाट थिचिएका नेपालीहरुलाई जापानी  संस्था र युवा नागरिहकरु पुननिर्माणको खेलमार्फत नेपालीलाई उत्साह थपिरहेका छन्। नेपाललाई जापानको यो सह्राहनीय सहयोग मान्न सकिन्छ। त्यसो त स्पेक भन्ने जापानी संस्थाले बिगत ६ वर्षदेखि नेपालका सहाराविहीन र टुहुराहरु बालबालिकाका लागि खेलकुद महोत्सव गर्दै आएका थिए। यसपटक भूकम्पपीडित र प्रभावित सामुदायिक विद्यालयका लागि पुननिर्माण खेलमा रुपान्तरण गरेको छ।
गत हप्ता नुवाकोटको खरानीटारस्थित अमरज्योति उच्च माध्यमिक विद्यालय, सुन्दरा उमावि सातविसे र कल्याण मावि बालकुमारीका विद्यार्थीहरुवीच प्रतिस्पर्धात्मक खेल खेलाइएको थियो। जापानबाट आएका स्पेकका स्वयंसेवकहरुले नाचगान गरेर विद्यार्थीहरुको मनोभावमा रमाइलोपन ल्याइदिएका थिए। जापानी विद्यार्थीहरुले पुरस्कारको कार्यक्रम समेत राखेका थिए। जापानी संस्था एसिया फ्रेन्डसिप नेटवर्कले स्कूलहरुको क्षतिमा मरमत गरिदिने र पक्की कक्षा कोठा बनाइदिन अध्ययन थालेको छ। स्पेकका अध्यक्ष हुन् हिविकी निनोमिया, उनले नेपालीको विपतमा आफू पीडित भएको जनाएर नेपाली विद्यार्थीसँग आत्मीयता देखाएका छन्। 'सरकारले समेत पुनःनिर्माणका लागि बजेट विनियोजन गरिनसकेको अवस्थामा जापानी सहयोग हुने कुराले हामी उत्साहित छौ।' उनले भने। उत्साहित बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम श्रेष्ठले  विपतका बेलामा 'कार्यक्रमहरु गरेर बालबालिकालाई भाषण होइन मनोरञ्जन दिनुपर्ने रहेछ भन्ने पनि ज्ञान भएको बताएका छन्।' स्पेकसँगै ओसाकाको ओटेमन गाइकुन विश्वविद्यालय र नेपालको इन्सेन्टिभ ग्रुप अफ कम्पनीले पनि विद्यार्थीहरुको साथ दिएका थिए। स्पेकले नुवाकोटमा यसरी जागरण फैलाउने काममा लाग्नुमा नेकपा एमालेका यृुवा नेता पूर्णलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ। स्पेकले नुवाकोटका राईगाउँलगायतका क्षेत्रका कमजोर जनतालाई झूल बितरण कार्य पनि गरेको छ। धन्यवाद स्पेक।