Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

१२ स्कूललाई इन्टरनेशनल अवार्ड

३२ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल
धन्यवाद ब्रिटिस काउन्सिल। काउन्सिलले नेपालका १२ स्कूललाई इन्टरनेशनल स्कूल्स अवार्डबाट सम्मानित गरेको छ। शिक्षा मन्त्रालयले अनुमोदन जारी राखेको कनेक्टिङ क्लासरुम परियोजना अन्तर्गत ब्रिटिस काउन्सिलले यो पुरस्कारको घोषणा गरेको हो र गतहप्ता यो पुरस्कार एक कार्यक्रमको आयोजना गरेर बितरण गरिएको थियो।
सिर्जना सामुदायिक माध्यमिक विद्यालय (कास्की), सेन्ट क्यापिटानियो स्कुल (पाल्पा), आदर्श अँग्रेजी आवासीय माध्यमिक विद्यालय (पर्वत), दुर्गा निम्नमाध्यमिक विद्यालय (बाग्लुङ्), अचाने उच्च माध्यमिक विद्यालय (धादिङ्), त्रैविद्या शिक्षा सदन (काठमाडौँ), सकल्या स्कुल (युरो किड्स, छाउनी), काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडमी (आरआइए) काठमाडौं, बेबिलोन नेशनल स्कुल काठमाडौँ, कर्णाली एजुकेशन फाउन्डेशन(झापा), सूर्यज्योति निम्न माध्यमिक अँग्रेजी आवासीय विद्यालय (झापा) र दिल्ली पब्लिक स्कुल (धरान) यो पुरस्कार बिजेता स्कूल हुन्।
यो पुरस्कार बिजेता स्कूलले ३ वर्षसम्मका सम्पूर्ण आधिकारिक मसलन्द तथा प्रवद्धनात्मक सामग्रीहरुमा स्कूल र इन्टरनेशनल स्कूल अवार्डको आकर्षक काइटमार्क प्रयोग गर्न दिइनेछ। यो स्कूलका लागि सम्मानको विषय हो।
ब्रिटिस काउन्सिल नेपालका निर्देशक बे्रन्डन क्याक्सेरी ओवोइले विद्यार्थीहरु अन्तर्राष्ट्रिय सिमानाभन्दा परसम्मका सिकाइ, सीप र क्रियाकलाप तथा सञ्चारसम्पर्कमा रहुन् भन्ने उद्देश्यले यो पुरस्कारको थालनी गरिएको हो।
स्कूलहरुको विकास यस्तै कार्यक्रमहरुबाट बढी हुनसक्छ। खासगरी आधुनिक सञ्चार संयन्त्रसम्म पहुँच नपुगेका स्कूल र विद्यार्थी कति छन् कति। हुन त हातमा मोवाइल बोक्ने पुस्ता आइसक्यो तथापि गाउँका गरिब तर जेहेन्दार विद्यार्थीलाई विश्वशिक्षा कति अगाडि बढिसक्यो भन्ने ज्ञान दिन जरुरी छ। उनीहरुलाई विश्वसम्म पुग्न सकिन्छ भनेर हौसला र हिम्मत दिन पनि उत्तिकै जरुरी छ। त्यसै त गरिबी, अभाव त्यसमाथि भूकम्पले अस्तव्यस्त पारिदिएको मनस्थिति। यस परिस्थितिमा ब्रिटिश काउन्सिलले जे कार्यक्रम गरिरहेको छ, त्यो सह्राहनीय छ। यस्ता कार्यक्रमहरु नेपालका विभिन्न दूरदराजसम्म पुर्‍याउन जरुरी छ। हामी आग्रह गर्छों कि वि्रटिश काउन्सिलले १२ होइन, १२ सय, १२ हजार विद्यालयहरुमा यस्ता कार्यक्रम पुर्‍याउन सहयोग गरेर गुण लगाओस्।