Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

देश टुक्य्राउछु भन्नेको टाउको टुक्रिन्छ : सहदेव सिग्देल

०७ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

अहिले दुईजना मन्त्रीको खुब चर्चा छ। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ। नक्कली सर्टिफिकेट र विदेशको पीआर, ग्रीनकार्ड लिने शक्तिशाली साना ठूला कर्मचारीको आँखो बनेका छन् मन्त्री लालबाबु पण्डित। झण्डै १० हजार विदेशमुखी कर्मचारीहरुले राजीनामा दिन थालिसकेका छन्। यिनै मन्त्री लालबाबु पण्डितले देश टुक्य्राउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ भनेर चेतावनी दिएका छन्। मन्त्रीले यस्तो भाषा बोल्न हुन्छ कि हुन्न, उनलाई आचारविचार लाग्छ कि लाग्दैन, त्यसको आफ्नो ठाउँमा प्रश्न होला तर उनले देशका पक्षमा बोलेकाले उनलाई माफी।
लालबाबु पण्डित पहिलो कुमाल समुदायका प्रतिनिधि पात्र हुन् जो मन्त्री बन्न सफल भए। उनी एमालेका सदस्यभन्दा पनि सिमान्तकृत कुमाल समुदायका भएर नाम कमाएका छन्। सिमान्तकृत समुदाय कति देशभक्त छ भन्ने लालबाबु लालमोहरका रुपमा स्थापित हुनपुगेका छन्। लालबाबुको मान्यता छ: नागरिकता लिएर कोही पनि राष्ट्रवादी हुनसक्दैन, सोच र निष्ठामा देशभक्त हुनुपर्छ। कर्मचारी अथवा जो कोही पनि नागरिकता लिएर होइन, उसको व्यवहारको देशभक्तिमा नेपालको नागरिक हुने गुण आवश्यक छ। कुमाल समुदायले लालबाबुको सम्मान पनि गरेको छ। देशभरिबाट उनको सम्मान हुन जरुरी छ र अन्य सिमान्तकृत, दलित समुदायलाई पनि यसैगरी राज्यका उच्च ओहदामा मौका दिन आवश्यक छ। देश यसैगरी एकसुत्रमा गाँसिने र एकतावद्ध हुने हो। यसैवीच राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा गएका ६२ लाख र जान तम्सेका अनगिन्ति श्रमलाई फ्रि भिसा र टिकट हुनैपर्छ भन्ने अभियान चलाएका छन्। उनले अव कोरियामा पनि यही सर्त लागू गराउने तैयारी थालेका छन्। दुबैलाई बधाई।