Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

के गर्दैछन् गुण्डाडनहरु?

१४ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

चरी मारिएपछि राजेन्द्र पाण्डेसहितको एमालेको आवेग हेर्न लायक थियो। उनीहरुले देशका होनहार व्यक्ति मारिएकोजस्तै रााडो रुवाई गरेको देखियो। त्यसपछि केही दिन मौन रहे पनि गुण्डा मनपरीमा कमी आएन, गुण्डागर्दी बढ्दै गयो। एकाएक घैाटे मारिए। राजधानीको कपुरधारामा दिउासै मारिए। प्रहरी भन्छ– घैाटेले फायर खोले, आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनै पर्‍यो, गोली लागेर उसको मृत्यु भयो। होला, प्रहरीको बयानमा अविश्वास गर्न सकिन्न। किनभने राज्य हो, राज्यले भनेको सुन्नैपर्छ। राज्यले भनेपछि इन्काउण्टर भएकै हो। चरीको केशमा पनि यस्तै भएको हो, सबैले माने। नमानेर पनि गर्नु त के गर्नु र? घैटे कांग्रेसका नेता पो रहेछन्। गगन थापाले समेत उनको बखान गरेर थाकेनन्। मानौं चुनाव उनैले जिताइदिएका हुन्। दगदीश्वर नर्सिंग केसीहरुले हातै छाडे, मुखै छाडे, छाकै छाडे र इज्जतै छाडे। नेपाली कांग्रेस भनेको गुण्डाहरुको संरक्षक पार्टी हो भनेर यसपटक नांगै भएको देखियो। कठै कांग्रेस। कांग्रेसको समाजवाद भनेको घाैटे मारिदा फुट्ने घैाटोभन्दा बढी केही रहेनछ। प्रहरी गर्जियो– यी गुण्डा हुन् डन हैनन्। जनताको सुरक्षा गर्ने डन त हामी। यस्ता गुण्डाराज अव चल्दैन। जनताले सहयोग गरे गुण्डा तह लगाइन्छ। तर्सिए गुण्डाको सातो तयो। गुण्डाहरु अर्धभूमिगत हुनथाले। घैाटे समूहले राजधानी छाड्यो, अन्य समूह पनि पलायन हुनथालेको छ। गणेश लामा– गच्छदारका मान्छे। उनले नागरिक सबैले बााच्न पाउनुपर्छ भनेर आफ्नो वकालत गरेका छन्। उता चेतन मानन्धरको हत्या गर्ने फरार रिगल ढकालले नेपालगञ्जमा आत्मसमर्पण गरेका छन्। यसैबाट थाहा हुन्छ– गुण्डाहरु इन्काउण्टरमा मारिने डर कसरी फैलिएछ? यतिखेर राजधानी, निर्माण व्यवसाय, तरकारी बजार, अस्पताल, स्कूल जताततै तर्साएर पैसा असुल्नेहरु देखिदैनन्। प्रहरीले भनेको छ– हामीलाई सूचना दिनोस्, कारवाही गर्छौं। गुण्डाराज अव चल्न सक्दैन। एसएसपी सर्वेन्द्र खनाल एकाएक घैाटो फुटाएर प्रचारमा आएका छन् र गुण्डाहरुको सातो गएजस्तो छ।
कति दिन? प्रत्येक पार्टी गुण्डाहरुको संरक्षक बनेका छन्। गुण्डा कुन पार्टीमा छैनन्? भन्नेहरु त भन्छन्– एमालेपछि कांग्रेसका गुण्डा मारिए, कतै अव एमाओवादी अथवा मधेसी पार्टीले पालेका गुण्डा मारिने त होइनन्? गुण्डाहरुलाई मार्नुभन्दा पनि तिनको सोचलाई, व्यवहारलाई सामाजिकीकरण गर्ने पहल हुनु बढी जरुरी छ। अन्यथा गुण्डा जन्मिरहनेछन् र मारेर सकिने छैनन्।