Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भक्तपुर भित्रियो जर्मन सहयोग : धर्मरत्न श्रेष्ठ

१४ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

महाभूकम्पले ध्वस्तनष्ट भएका पुरातात्वीक महत्वका सम्पदाको पुनःनिर्माणका गरिदिन जर्मन सरकारले सहयोग गर्ने निर्णय गरेको छ। त्यसो त भूकम्प पहिले पनि जर्मन सरकारले नेपालका मठमन्दिरको पुननिर्माणमा सहयोग गर्दै आएको छ। जर्मन किन मन्दिरहरुको पुननिर्माण गर्न जहिले पनि तत्पर हुन्छ भन्ने विषय रहस्यमय बन्दै गएको छ। किनभने जर्मनमा तन्त्रमन्त्रप्रति कानुनी मान्यता छ। नेपालका झारफुकेहरु जर्मन गइरहन्छन् र जर्मन पूर्वीय दर्शनका कलाकौशल, तन्त्रमन्त्रबारे व्यापक अनुसन्धान गरिरहेको छ। जर्मनले जति पनि मठमन्दिरको जिर्णोद्धार गरेको छ, ती मन्दिरको गर्भगृहमा के छ? कुन शक्ति छ? तन्त्रविधि के के हुन्? आदि विषयमा व्यापक अध्ययन गर्ने गरेको छ। कृष्णमन्दिरमो जिर्णोद्धार गर्दा जर्मनले ठूलै रहस्यहरु पत्ता लगाएको थियो, जुन रहस्य नेपाल सरकारलाई थाहै छैन, पुरातत्व विभागलाई पनि अत्तोपत्तो छैन, सबै गोप्य शक्तिहरु जर्मन पुगिसकेका छन्। जर्मनीहरुले यस्ता पूर्वीय दर्शनका शक्तिहरु संकलन गर्ने आफूलाई शक्तिशाली बनाउने गरेका छन्। भक्तपुर नगरपालिकाका अनुसार जर्मनले भक्तपुरका पचपन्न झ्याले दरवार, न्यातपोललगायतका यस्ता मन्दिर, पुरातत्व र सांस्कृतिक महत्वका सम्पदाहरुको पुननिर्माण गर्न जर्मन सरकारले १ अर्व दिने घोषणा गरेको छ। दाता सम्मेलनमा जर्मनले ४ अर्व दिने घोषणा गरेको थियो, त्यसमध्येका १ अर्व भक्तपुरका सम्पदाको पुननिर्माणमा खर्च गरिने निर्णय भएको छ। नेपाली संस्कृतिविदहरु पनि भक्तपुरलाई पुरानै अवस्थामा फर्काउन अध्ययन थालिसकेका छन्। हामी पुरातात्वीक र सांस्कृतिक महत्वका धरोहरहरुलाई नष्ट पार्दै गइरहेका छौं, जर्मन यस्ता सम्पदाहरुको अनुसन्धान गरेर रहस्यहरु पत्ता लगाउँदैछ।