Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राप्रपा नेपालको कडा आन्दोलन

२१ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

नरम आवाज र नरम आन्दोलनबाट हिन्दूराष्ट्र कायम हुन्छ भन्ठानेका राप्रपा अध्यक्ष कमल थापाले कडा आन्दोलन गर्ने घोषणा गरेका छन्। वन्द हड्ताल नगर्ने आफ्नो प्रतिवद्धता चार दलको निरंकूशताका कारण तोड्ने स्थिति आएको उनले बताएका छन्। कांग्रेस, एमाले र एमाओवादीले धर्मनिरपेक्षता कायम राख्ने र भदौ २२ गतेदेखि संशोधन विधेयकलाई प्रक्रियामा लगेर भदाै ३१ अथवा असोज १ गते नयाँ नेपालको नयाँ संविधान जारी गर्ने योजना बनाएपछि त्यसको विरोधमा भदौ २० गतेको संविधानसभा घेराउ र धर्ना कार्यक्रम गरेका थिए। तर धर्ना र घेराउमा हिन्दूवादी र पार्टी कार्यकर्ताले साथ नदिएकोमा राप्रपा नेपालले आत्मसमीक्षा गरेको छ र आगामी दिनमा कडा सडक र संविधानसभाभित्रै आन्दोलन गर्नैपर्ने धर्मसंकटमा पुगेको छ।

राप्रपा नेपालको सशक्त आन्दोलन 'जुनेलीरातमा बिस्कुन सुकाई' हुने हो कि हिन्दू समुदायलाई सडकमा आँधी तुफानका रुपमा उतार्न सफल हुने हो, प्रतिक्षाको विषय बनेको छ। राप्रपा नेपालको हिन्दूधारलाई बोधो पार्न एमाओवादीले जनजाति र धर्मनिरपेक्षतावादीलाई पनि सडक आन्दोलनमा उतार्ने भित्री तैयारी गरेका छन्। भिड्नै परे पनि भिड्ने क्रिश्चियनहरुको  निर्णयले राप्रपा नेपालको हिन्दूवादसँग हिंसात्मक मुकाविला हुनसक्ने अनुमानको भयाक्रान्त चर्चाहरु समाजमा फैलिन थालेका छन्। धर्नापछि अध्यक्ष थापाले भनेका छन्– हाम्रो सत्याग्रहलाई टेरेनन्, अव कडा आन्दोलन गरेर सबै निषेधित क्षेत्र तोड्न तैयार छों। हाम्रो अवको आन्दोलन सशक्त हुनेछ। राप्रपा नेपाललाई डिफ्यूज गर्न राज्य र राजनीतिक दलहरुले सशस्त्रको वर्दीमा सेनालाई सडकमा उतार्नेसम्मका तानाबाना बुनेको खबर छ।
यद्यपि राप्रपा अध्यक्ष थापाले भनिसकेका छन्– प्रमुख ३ दलका कारण देशमा सैनिक शासन आउने खतरा छ। मधेसमा जनताविरुद्ध पुलिस र सेना उतारियो, अव राजधानीमा पनि सेना उतारिनेछ। सेना र पुलिसको हातमा संविधान थमाएर पठाउन खोजिएको छ। प्रमुख तीन दलले नै सैनिक शासनको वातावरण तैयार गर्न थालेका छन्।