Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

संविधानसभा तीन दलको मादल

२१ सोमबार , भाद्र २०७२१० बर्ष अगाडि

संविधानसभाको प्रक्रियाबाट फोरम लोकतान्त्रिक पनि बाहिरिएको छ। मधेसी मोर्चा र अन्य मधेसी दलहरु पनि प्रक्रियालाई बहिष्कार गर्ने घोषणा गर्न थालेका छन्। राप्रपा नेपाल कडा आन्दोलनमा अघि बढेको छ भने सत्तारुढ राप्रपा टुक्रिएको छ, मालेले पनि ३ दललाई साथ नदिने निर्णय गर्न लागेको छ। अर्थात् संविधानसभा तीन दलको मादल बनेको छ। तीन दलको हठले संविधानको मस्यौदामा जनअसन्तुष्टि नसमेट्ने र पछि संविधानको संशोधनबाट सबैको मागको संवोधन हुने उधारो आश्वासन दिएर संविधानको मस्यौदा ५ दिनमै पारित गर्ने र अर्को ५ दिनमा संविधान जारी गरिने सोच ठूला ३ दलको छ। उनीहरुको बस चल्यो र आन्दोलनलाई राज्यशक्तिले दमन गरेर दबाउन सक्यो भने भदौ ३१ गते आधारातमै संविधान जारी हुनसक्छ। ३ दलको प्राविधिक दुई तिहाईले जारी गरेको संविधान त्यही दिनदेखि आन्दोलनको आगोमा पर्नसक्छ। देशव्यापी आन्दोलनको आगो बलिरहेको अवस्थालाई संवोधन नगर्ने र बलजफ्ती संविधान जारी गर्ने ३ दलको अहंकारले अनहोनी घटनाहरु घट्नसक्ने खतरा बढेर गएको निष्कर्ष छ विश्लेषकहरुको।