Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राप्रपाको अध्यक्ष गणतन्त्रवादी

२१ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

१०३ सदस्य रहेको राप्रपाका ६१ जना सदस्यले हस्ताक्षर गरेर निर्वाचन आयोगलाई जानकारी दिदै राप्रपाको आधिकारिक अध्यक्ष लोकेन्द्रबहादुर चन्द भएको घोषणा गरेका छन्। चन्दले पनि पशुपतिशमशेर राणा होइन, बैध अध्यक्ष मै हुँ भनेर सार्वजनिक घोषणा गरेका छन्। चन्द तिनै व्यक्ति हुन्, जसले २०६५ साल जेठ १५ गते संविधानसभामा गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमा टेबुल ठोकर समर्थन जनाएका थिए। गाउँ पञ्चायतको चुनावसम्म नजितेका चन्दलाई पटक पटक प्रधानमन्त्री बनाउने राजालाई समेत धोका दिने नामुद अवसरवादी हुन् चन्द। अव उनले राप्रपालाई आफ्नो स्वार्थमा कसरी परिचालन गर्छन्, धेरैको चासो छ। निश्चित रुपमा हो– राप्रपाका चार नेतावीच सहमति थियो। सहमतिअनुसार सूर्यबहादुर थापालाई अध्यक्षता हस्तान्तरण गरियो। एक एक वर्षमा नेतृत्व फेरिने सहमतिअनुसार चन्द र डा.प्रकाशचन्द्र लोहनीले अध्यक्षता पाउँदै जानुपर्नेमा थापाले पशुपतिशमशेर जबरालाई नै अध्यक्ष बनाएर राप्रपालाई नै आश्चर्य पारेका थिए। अव बहुमत सदस्यले चन्दलाई बैधानिक अध्यक्ष बनाइदिएका छन्। यो घटनालाई राप्रपा टुक्रियो भनेर पनि हल्लाखल्ला भएको थियो। चन्दले फुटको कुरा खारेज गर्दै झन एकता भएको जनाउ रातो टिका लगाएर पत्रकारहरुलाई दिएका थिए। एकता महाधिवेशनपछि पार्टी सशक्त हुने उनको दावी छ।  चन्दले भनेका छन्– पार्टी बिधानअनुसार चल्छ, चलाउनेछु। उनले पनि हिन्दूराष्ट्रको वकालत गरेनन्, धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याए। हिलोको किलो भनेर चिनिने, उनकै भाषामा बाह्रौ खेलाडी चन्दले हेर्नुछ– राप्रपालाई कुन भड्खालोमा हाल्ने हुन्?