स्वयम्भूनाथ कार्की
राणा शासनको समाप्तिपछि लामो समयसम्म भारत नेपालको हरेक कुरामा निर्देशकको भूमिकामा रह्यो। आफ्नो प्रत्यक्ष शासनका पछिल्ला एघार बर्ष राजा महेन्द्रले त्यो प्रभाव केही न्यून गरेका भए पनि पुनः प्रभावकारी वनाउादै लैजान भारत सफल भएको देखिन्छ। नेपालका राजनीतिमा कुशल खेलाडी मात्र नभएर सबै क्षेत्रका उल्लेख्य व्यक्तित्वहरुमा भारतको यस्तो प्रभाव देखिन्छ। प्रशंसा मात्र प्रभाव हैन आवश्यकता भन्दा ज्यादा विरोध पनि प्रभाव नै हो। राजा महेन्द्र पछि विश्वसामु नेपाललाई अन्य मुलुकको बराबरीमा उभ्याएर नेपालको अलग अस्तित्व देखाउने प्रयत्न शिथिल भयो। यसमा जजसको जे भूमिका भए पनि वेलाईतमा पढेर आएका राजा वीरेन्द्रको वेलाइती राजसंस्था जस्तै केवल मानमात्र स्विकार गरेर वस्ने भित्री इच्छाको भूमिका अस्विकार गर्न सकिन्न।
सातसालमा राजा त्रिभुवनले गरेको घोषणा यदि वीपी कोईरालाको आत्मवृत्तान्तको कुरो सहि मान्ने हो भने कुनै नेपाली पक्षको सहभागिता बेगर नै भारतले अंग्रेजीमा तैयार गरेर दिएको थियो। केवल यसको अनुवाद गर्ने मात्र नेपाली पक्षलाई अधिकार थियो। त्यो पनि विवाद भएमा अंग्रेजीको मूलप्रति आधिकारिक हुने शर्तमा। पहिलोपल्ट नेपालमा संविधानसभाको उच्चारण त्यही भारतले तैयार गरिदिएको घोषणामा भएको थियो। नेपालमा संविधानसभाको माग नेपालीको भन्दा धेरै भारतको रहेछ भन्ने कुरा अहिले संविधानसभाले संविधान घोषणा गरिसकेपछि भारतबाट देखाईएको अप्रिय प्रतिक्रियाले साबित गर्दछ। नेपालको मन्त्रीमण्डलको बैठकमा भारतीय राजदूतको अनिवार्य उपस्थिति, शासन प्रशासन संयन्त्रको रचनामा भारतीय कर्मचारीको शिप र कौशल अनि प्रधान न्यायाधीश भारतीय नागरिक भएको अवस्थामा नेपालको हैसियत भारत अधिनस्थ स्वशासित मुलुकको जस्तो बन्न लागेको थियो। राजा महेन्द्रले विस्तारै र एकएक गरेर यस्ता निर्देशक हस्तक्षेपकारी कुराहरु हटाउादै गए।
विश्वमा नेपाल भन्ने एक सार्वभौम मुलुक छ भन्ने चिनाएर भारतलाई सिधा हस्तक्षेप गर्न धक मान्ने बनाउन उनको अमेरिका भ्रमण पनि एक कोशे ढुंगा थियो। जहाा स्वयं अमेरिकी राष्ट्रपति विमास्थलमा राजा महेन्द्रको स्वागत गर्न आएका थिए।
राजा महेन्द्रको भारतीय हस्तक्षेपबाट मुक्तहुने यो प्रयास असफल गर्न नेहरुले सकेनन् वा समय पाएनन्। तर २०२८ सालमा उनकी छोरी ईन्दीरा गान्धीले फेरी प्रयत्न त गरिन, वाणिज्य तथा पारवहन सन्धि नविकरण नभएको बहानामा नेपालमाथि आर्थिक नाकाबन्दी गरेर। त्यस वेलामा नेपालको कुनै एक भागबाट अर्को भागमा जान पनि भारतको बाटो चाहिने थियो। औद्योगिक उत्पादन अत्यन्त न्यून थियो, तर नेपालीले त्यसको सामना नालापानीमा बलभद्र कुवरले देखाएको शैलीमा गरे। सही वैदेशिक कुटनीतिको परिचालनले पहिलोपल्ट भारतसाग विश्व सशंकित भयो। त्यसको लगत्तै पछिको बंगलादेश अनि सिक्किमका घटनाले भारतको साखमा धक्का लाग्यो।
इन्दिरा गान्धीका छोरा राजिव गान्धीले २०४५मा आमाले लिएकै बाटो लिए। त्यही बहानामा फेरी नेपालमाथि आर्थिक नाकाबन्दी गरेर। २८साल भन्दा त्यसवेला नेपालसंग धेरै साधनश्रोत थियो, बाटाघाटा थिए। तैपनि २८ सालको नेतृत्व थिएन त्यसैले नेपालीको त्यो नाकाबन्दी सहन गर्ने क्षमतामा उल्लेख्य कमी आएको थियो। नेपालभित्रै केही नेपालीहरु भारतले नाकावन्दी गरेको एकदम उचित हो भनेर प्रचार गर्न तल्लिन थिए। उता दुरदर्शनबाट राजिव गान्धी कुर्लन्थे यो सब हामीले नेपालको भलोको निमित्त गरेको हो भनेर। नेपाल आक्रान्त भएको वेला आन्दोलन गरेर व्यवस्था परिवर्तन गर्न सफलता प्राप्त भयो। वर्तमानमा विना कुनै घोषणा, कुनै बहाना भारतले फेरी नाकावन्दी गरेको छ। ४५ सालको भन्दा धेरै साधनश्रोत र विश्व सम्पर्क छ नेपालसाग। ४५को नाकबन्दीमा भारतलाई उचित देख्नेहरु मध्ये धेरैको हालीमुलाली छ नेपालको सत्तामा। हिजोका सबै नाकावन्दीहरु अनुचित हुन् भन्ने नेपालीसाग स्वर मिलाउन विवश भएका छन् ४५सालको नाकावन्दीको समर्थक नेपालीहरु।
वर्तमानमा खुल्लारुपले यो अघोषित नाकावन्दीको नैतिक समर्थन मात्र हैन कार्यान्वयनमा पनि सघाउने समूह तैयार भएको छ।
समय वलवान छ, हिजो भारतको नाकावन्दीको समर्थन गर्नेहरु आज त्धेरै पिडित छन्। आज नैतिक र भौतिक समर्थन गर्नेहरु भोली झन पिडित हुने नै छन्। सात सालदेखि भारतले सपनामात्र नदेखेर ल्याउन पनि मेहेनत गरेको संविधान सभाले बनाएको संविधानमा आफ्नो हित खोज्ने प्रयत्नको यो घृणित रुप नै हो। तर यो पिडा सहानुभूति योग्य छैन। संयोग नै हो कि नेपालप्रति यस्तो दुर्भावना राख्ने भारतका दुई पूर्व प्रधानमन्त्रीको अन्त दुखद भएको छ। यो संभवत ईश्वरीय दण्ड हो। यो विकट वेलामा यस्ता नेपालीहरुको एकताको खााचो छ, जो छिमेकीलाई निर्देशक हैन छिमेकी नै ठान्दछ र हरेक किसिमका विदेशी हस्तक्षेपलाई आफ्नो नाफाघाटाले हैन मुलुकको अस्मिताको नजरले मूल्यांकन गर्दछ।