Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

धर्मपुत्रपुत्रीको व्यापार खुल्यो

१२ मंगलबार , आश्विन २०७२११ बर्ष अगाडि

चीनसागको व्यापारिक नाका केरुङ र तातोपानी भूकम्पको मारले बन्दजस्तै छ। भारतको अघोषित नाकाबन्दीले व्यापार, उद्योगमात्र होइन, नेपाली जनजीवन नै अस्तव्यस्त हुनथालिसक्यो। तर, सरकारले धर्मपुत्रपुत्रीमाथिको रोक हटाएर यो व्यापारलाई खुला गर्‍यो भन्ने टिप्पणी छ समाजशास्त्रीको। धमपुत्रपुत्री लाने खासगरी चारवटा मुलुक छन्– अमेरिका, सिंगापुर, अष्ट्रेलियो र स्लोभेनिया। केही वर्षदेखि सरोगेसीका व्यापार पनि फस्टाएका छन्, यसमा इजरायलदेखि थुप्रै मुलुकहरु नेपालतिर आकर्षित भएका हुन्। यद्यपि सर्वोच्च अदालतले रोक लगाए पनि डा. रुपज्योति, डा. भोला रिजाल लगायतका व्यापारीहरु सरोगेसी धन्दा चलाइरहेका समाचार आएका छन्। नियमन निकाय मौन देखिन्छ। धर्मपुत्रपुत्रीको रोक खुलेपछि यो व्यापार अव खुब फस्टाउनेवाला छ।
बिगत ५ वर्षमा ४ सय धर्मपुत्रपुत्रीका रुपमा विदेशीले नेपाली बालबालिका लगेको रेकर्ड छ भन्छ गृहमन्त्रालय। यसको अर्थ वर्षको ८० जनाको हाराहारीमा धर्मपुत्रपुत्री बनाएर लगिएको रहेछ। अहिलेसम्म कति नेपाली बालबालिका विदेश लगिए, तिनको हालत के छ, कुनै रेकर्ड छैन  सरकारसाग। गजेट र बजेट मिलाएर पठाउने र रमाउने काममात्र भएको छ नेपाल सरकारको। यस कार्यमा विदेशीहरुले राजनीतिक, सुरक्षा र कर्मचारीको विशेष सहयोग लिने गरेको खबरहरु पनि प्राप्त भएका छन्। अहिले पनि दर्जनौं मुलुककाबाट धर्मपुत्रपुत्रीका लागि निवेदन परेका छन्। त्यही आकर्षणमा बन्द खुलेको हो।
वैशाख १२ गतेको महाभूकम्पपछि धर्मपुत्रपुत्री लिन लैजानमात्र हौइन, बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा लानसमेत रोक लगाइएको थियो। मानव तस्करी र बेचबिखनको जोखिम रोक्न यस्तो गरिएको भनिएको थियो। धर्मपुत्रपुत्री व्यवस्थापन विकास समिति छ र यसका अध्यक्ष छन् महेन्द्रप्रसाद श्रेष्ठ। उनैले धर्मपुत्रपुत्री लिन लैजाने रोक खुला गरिएको जानकारी दिएका हुन्। स्मरणीय के छ भने कुन बच्चा लगिदैछ, कसले लैजादैछ भन्ने भन्ने विवरण गोप्य राखिन्छ। उपत्यकामा रहेका १५ बालगृहबाटमात्र बालबालिका लैजान दिने गरिएको छ। यो पेशा समाजसेवा पनि हुने र थप विशेष आकर्षण पनि हुने गरेकाले बालकेन्द्रहरु खुल्नेक्रम बढेर गएको एक प्रशासकले बताएका छन्।