Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मुलुकको बचाउन राष्ट्रवादी एक हौं

१८ सोमबार , आश्विन २०७२१० बर्ष अगाडि

स्वयम्भूनाथ कार्की
नडराई सम्झी लम्कदै, हिंड ढाल यै हो देशको
जातमा जे छौं, सबै हौ, एक सन्तति देशको।। –म. बी. बी. शाह
नेपालमा जो जति छौं सबैको एउटै जात छ र त्यो जात हो नेपाली। यसै गरेर जो जति छौं सबैको धर्म एउटै हो र त्यो धर्म हो राष्ट्रवाद। नेपालको एकिकरण भएदेखि कै भावना यही हो। विजित क्षेत्रलाई आफ्नो पेवा ठान्ने र पराजितलाई गुलाम बनाउने युगमा पनि नेपालको एकिकरण गरिसके पछि आफ्नो दावी नराखी नेपाललाई चार वर्ण छत्तिस जातको फुलवारी घोषणा गर्ने कार्यले यसैको पुष्टि गर्दछ। नेपाल स्वतन्त्र जन्मेकोे थियो। नेपालीहरु स्वाभिमानमा आाच आउन दिदैनन्। यो कुरा सर्वसाधारण नेपालीलाई सम्झाउनै पर्दैन। नेपाली भएर जन्मने वित्तिकै उसको रगतमै यो कुरा सामेल हुन्छ।
नालापानीको युद्धमा अंग्रेजद्वारा कुटिलतापुर्वक भोकै र प्यासै लडेर मर्ने कि अंग्रेजको दासता स्विकार गर्ने बाहेक अर्को बिकल्प नछोडिएको अबस्थामा साहस र वीरता प्रर्दशन गर्न वीर बलभद्रको निर्णयमा साथ दिने प्रत्येक वीर तथा वीरांगनालाई यही स्वाभिमान र राष्ट्रवादले प्रेरित गरेको थियो। हातमा नांगो खुुडा र खुकुरी अनि खोकिलामा आफ्ना शिशु च्यापेर अंग्रेजको तोपको मोहरी अगाडी पर्दा अंग्रेज फौज हक्काबक्का भएर हेरिरहलान् र आफ्नो प्राण रक्षा होला भन्ने उनीहरुको मनमा थियो भनेर सोच्न सकिने कुरा होईन।
बेलाईतमा आफ्नो स्थान राजाको लहरमा राख्दा नेपाल रजौटा होईन अधिराज्य हो र नेपालका राजा राजा होईन महाराजा हुन् भनेर भन्न जंग बहादुर राणलाई हिम्मत दिने तत्व स्वाभिमान र राष्ट्रवाद थियो। नेपाल रजौटा नभएर बेलाइत जत्तिकै सार्वभौम मुलुक भएको कुरा राम्ररी अंग्रेजलाई बुझाएका थिए त्यो यात्राक्रममा। आफु कुनै राजासाहेवको नभएर महाराजाधिराजको प्रतिनिधिको रुपमा आएकोले मुलुकलाई सो सरहको सम्मान चाहिने कुरा संसारभरका अनेकौ मुलुकलाई उपनिवेश बनाउन सफल अंग्रेजलाई बुझाउन सकेको कुरा वर्तमानका सत्तालिप्सा र शक्तिको भोक मेटाउन विदेशी राजदुतको आदेशको पालना गर्नेहरुको साहसमा पर्दैन।
वर्तमानका नेपाली नेतृत्व वास्तवमा स्वतन्त्र त कहिले थिएन अप्रत्यक्षरुपमा उपनिवेश थियो मात्र भन्दैनन्, त्यस्तै व्यवहार पनि देखाउने गर्दछन्। योे कुरा कुनै पनि स्वभिमानी नेपालीलाई पच्न सक्ने कुरै होईन। भारत लगायत विश्वका शक्ति राष्ट्रको दया र कृपा वेगर देश चलाउन सकिदैन भनेर भन्नेहरुले अन्तरराष्ट्रिय मञ्चहरुमा आफु भन्दा पहिलेको नेपालले खेलेको निर्णायक भूमिका तर्फ आाखा चिम्लेको हुनुपर्छ। १४ महिना भारतीय नाकावन्दी हुुादा पनि भोग्न नपरेको कष्ट अघोषित नाकावन्दीको हप्तादिन नपुग्दै जनताले भोग्नु परेको छ।
संसारको अन्यमुलुक भन्दा धेरै सहभागितामा बनाएको र एसियाको सर्वोत्कृष्ट भनेर आफैले घोषणा गरेको संविधान अनुसारको पहिलो प्रतिनिधिसभाको अधिवेशनको पहिलो कार्यसुची नै संविधानसंसोधनको हुनु भन्दा दुर्भाग्यपुर्ण कुरो अन्य के हुन सक्छ र? त्यो पनि जनताको सुझावलाई लत्याएर सबै नियम निलम्वन गरेर कथित द्रुतमार्गबाट ल्याएको संविधानको संसोधन कुरा सबै कुटनैतिक मर्यादा नाघेर भारतले दिएको दवावको कारण आएको छ। जातभात, वर्ण, लिंग, क्षेत्र, धर्म कुनै कुराले पनि देशको सन्तति हुन अबरोध पुर्‍याउादैन। एकताको शुत्रमा आबद्ध भएर नडराई हरेक चुनौतिको सामना गर्न सक्छौं भनेर भन्ने म. बी. बी. शाहको भावनालाई चुनौती दिएर नेपालीलाई यसरी अनेकौ श्रेणीमा विभाजन गरिएला भन्ने कल्पना राष्ट्रवादी नेपालीे गर्न सक्ने कुरा हैन तर विडम्वना, भयो। हामी एक हौं भन्ने भावनाको विपरित आफ्नो आत्मवल हमेशा गिराउने संज्ञाले नेपालीलाई अनेकौ किसिममा बााडेर चीरकालको निमित्त भेदभाव कायम राख्ने प्रपञ्च भएको छ। यसले व्यवहारमा थिचोमिचो, शोषण कायम राखेर भेदभावयुक्त समाजमा बनाउाछ। यसको प्रारम्भ संविधानको घोषणा भएको दिनबाटै देखिन थालेको छ। मनले बिभाजित भएकाहरुलाई जस्तोसुकै कानुनले पनि एक गर्न सक्दैन। मनले एकिकृत भएकालाई कुनै कानुन र भौगोलिक सिमारेखाले पनि भिन्न गर्न सक्दैन। त्यसैले मुलुकको कानुन उलंघन नगरी पनि मुलुकको अस्तित्व रक्षाको निमित्त 'राष्ट्र एक अनि राष्ट्रवादी एक' हुन आवश्यक छ। मेरो पहिलो परिचय नेपाली हो भन्न नसक्ने हो भने त्यसमा नेपाली मुटु छ भनेर मान्ने आधार पनि रहन्न। नागरिकता, राष्ट्रियता राज्यले दिएको प्रमाणपत्रमा आधारित हुुादैन। नागरिकले पहिले राष्ट्रप्रतिको कर्तव्य पुरा गर्देन भने अधिकार खोज्ने नैतिकता राख्दैन।
साम्प्रदायिकताको बिष फैलाउनेहरु कागले नाम काढे झै एकताको सन्देश दिनेलाई साम्प्रदायिकको पगरी गुथाउने गर्दछन्। समाजमा भेदभाव हुनुहुादैन सबैको समान अधिकार भएमा कोही सानो ठुलो हुदैनन्। योे कुरा छोडेर कथित समुह वा सम्प्रदायको हित रक्षाको कुरा गर्नेहरुले सम्पूर्ण नेपालीको हितको रक्षा भएमा समानता कायम हुन्छ। त्यसले समग्रता सबैको हित गर्छ भन्ने कुरा  नबुभेका हैनन्, बुझपचाएका हुन्। वर्तमानमा मुलुकलाई थप विनासबाट रोकेर फेरी गौरव तर्फ लैजाने कुनै उपाय छ भने त्यो हो राष्ट्र एक राष्ट्रवादी एक। सम्पूर्ण नेपाली एकै देशका सन्तति हौं हामी बिचमा कुनै किसिमको भेदभाव हुनु हुदैन, भेदभाव गर्दैनौ र भेदभाव विरुद्ध कडा संघर्ष गर्दछौ। यही संकल्प, यही एकमात्र कार्यप्रणाली हो जसले मुलुकको गौरवको प्राप्ति हुनसक्छ।