Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

संस्कृति बिगार्ने पर्व नबनोस्

१८ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

गंगा खड्का, गुल्मी
क्रियाशील पत्रकार महिलाले स्थानिय बिषयबस्तुलाई छलफल गरी समस्याको समधान निकाल्दै आएका छन्। सोही अर्न्तगत भड्किलो बन्दै गरेको तिज र अन्य सांस्कृतिक पर्वहरुले संस्कृतिलाई पार्ने प्रभाव भन्ने बिषयमा छलफल गरेका छन्। यो छलफलमा तिज र अन्य संांस्कृतिक पर्वहरु नारीहरुको महानपर्व भए पनि बिस्तारै भड्किलो बन्दै गरेको बताएका छन्। जसका कारणले खासगरी तिज पर्व भबिष्यमा लोप हुन्छ की भन्ने डर भएको सहभागी महिलाहरुको गुनासो थियो। आजभोली बिभिन्न कार्यक्रम आयोजना गरी दर खुवाउने र खाने, अन्य पर्वमा समेत तडकभडक देखाउने, औकात भन्दा माथी उठेर मनाउने परम्पराले संस्कृति जगेर्ना गर्नुको साटो बिकृतिउन्मुख हुादै गएकोमा महिलाको एकमत थियो।कार्यक्रमका सहभागी महिला उद्यमी सागका निर्मला के सीले तिज वा अन्य पर्वमा आफैमा शालिनपूर्वक मनाउनुपर्छ, कुनै पनि तरिकाले हामी महिलाले भड्किलो रुपमा लिन हुन्न भन्नुभो। त्यसैगरी क्रियाशिल पत्रकार महिला गुल्मीका सदस्य लक्ष्मी मगरले महिला पर्व  सुनपर्व जस्तै हुादै गएको भन्दै भड्किलोपनलाई न्यूनिकरण गर्न महिला जागरुक हुनुपर्नेमा जोड दिनुभयो। अमृता खत्रीको भनाई पनि महिलाको चेतनातिर थियो। कार्यक्रम क्रियाशिल पत्रकार महिला गुल्मीकी अध्यक्ष गंगा खड्काले सहजीकरण गर्नुभएको थियो।