Advertisement Banner
Advertisement Banner

०१ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कमेडी क्लवको हास्य कार्यक्रममा हाम्रो समाज

०१ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

देवी काफ्ले - -
हँसाउँदा हंसाउंदै रुवाउन सक्नु हास्य कलाकारको सफलता हो ।समाज र देशका बेथितिहरुलाई उदाङ्गो पार्नु पनि हास्य कलाकारको दायित्व नै हो ।अहिले नेपालको एउटा टेलभिजनमा प्रशारण भैरहेको हास्य कार्यक्रम कमेडी क्लव च्याम्पियनको एउटा भागमा प्रशारण भएको कार्यक्रमका मेक्सम गौडेल र सुमन कार्कीको वास्तविक कमेडीले मनमुटु छोयो । मेक्सम र सुमनले आज हाम्रा घरघरमा,समाजमा भैरहेको एउटा वास्तविक अवस्थालाई उदाङ्गो पारीदिएका छन् ।समय परिवर्तनसंगै परिवारमा भएका तिता यथार्थलाई छर्लङ्ग देखाइदियका छन् ।
हामी आज यति ब्यस्त छौं कि बच्चालाई एक बर्ष नहुंदै चाइल्ड केयर सेन्टरमा राख्ने,बृद्धअबश्थाका बाआमालाई सके बृद्धाश्रम पठाउने नसके बाआमालाई एक्लै घरगोठमा राखिदिने ट्रेन्डमा चलेका छौं । उक्त कार्यक्रममा बृद्धअबश्थाका बालाई गरिने ब्यावहार जस्ताको तस्तै देखाइएको देखें ।
कार्यक्रम गाउँमा र शहरमा बस्ने बुढा बा को अवस्थालाई बराबर पस्कन सफल देखिय ।गाउँमा बस्ने बूढो बाले गाई दुहुन घरगोठ टाढा भएकोले गोठमै बस्ने ब्यावस्था मिलाएको कुरा ब्यक्त गर्छन् तर बाबुको छोराछोरी प्रतिको माया भने कम नभएको कुरा पस्केका छन् भने सुमनले शहरमा बस्ने बुढा बा को अवस्था हातको औंठी र  घांटीमा लगाएको सिक्री झिकिदियर हलुका बनाईदियो भन्ने वाक्यले बाआमा प्रतिको अगाध माया ममतालाई खिल्ली उडाइदिएको छ ।
जन्मेदेखि सन्तानको सुखमा आफ्ना सारा दुख अमृत पिय जसरी पियर छोराछोरी हुर्काउने बाआमालाई  बृद्धअबश्थामा आफ्नो साथ राख्न नसक्नु हाम्रो कस्तो विवसता हो?बालक छोराछोरीले सोधेका हजार प्रश्नको किन्चित झिजो नमानेर जवाफ दिने बाआमासंग एउटा मिठो बोली बोल्न नसक्ने ब्यस्तता हो ? जुन मिठासले छोराछोरीसंग बोल्छौं त्यस्को एक इकाईको दरले पनि बृद्धसंग  किन बोल्दैनौं?
आजको ब्यस्त दुनिया काम गर्नु,कमाउनु त छंदैछ पारिवारिक जिम्मेवारी पनि छ ।परिवार भन्नासाथ आफुहरु र छोराछोरी मात्रै गणना गर्ने प्रवृत्तिको मनोरोगी बनेका छौं हामी ।बाआमा परिवार भित्र किन पर्दैनन् आज ?
बिज्ञान र प्रबिधिको युग भएर होला परिवार कहाँ नै छ र? आज ।घरमा भएका मानिसहरु सबैको टाउको मोबाइलमा झुण्डियको हुन्छ कसैलाई कसैको मतलव हुदैन तर प्रबिधिको ज्ञान नभएका बाबुआमा त्यसै पनि एक्लै ।
परिवारबाट बृद्धाहरु बाहिर निकाल्ने ज्याद्रो प्रवृत्ति भारतमा अचाक्ली छ ।त्यहाका तिर्थस्थलहरुमा हेर्ने हो भने नगण्य रुपमा बृद्धाहरु मन्दिरमा आश्रित देखिन्छन् ।त्यस्तै आगोको रुपमा नेपालमा पनि बृद्धहरुलाई बृद्धाश्रम  छाड्ने प्रवृति फैलिएको छ ।यस्तै तरिकाले यो प्रवृति बढ्दै गयो भने हाम्रो जिउंदो ईतिहास  मेटिंदैन र?बृद्धाहरुबाटै संस्कृति,संस्कार,चालचलन रितीरिवाज हस्तान्तरण हुने हो । जुन इतिहास नयाँ पिडीहरुलाई अमूल्य शिक्षा बन्छ ।
जसरी समयको चक्र हुन्छ र त्यही चक्र अनुसार समय घुमिरहन्छ बिहान हुन्छ अनि दिन हुन्छ रात हुन्छ फेरि बिहान हुन्छ ठीक त्यसरी नै मान्छेको जीवन पनि त्यस्तै चक्र हो जो जन्मन्छ,बालक तन्नेरी हुन्छ ,बृद्ध हुन्छ अनि मर्छ यो सबै प्राणी जगतमा हुन्छ ।यहि कुरा आजको पिडीले किन बुझ्न चाहदैन?यदी यतिमात्र बुझिदिय भोलि मेरो कर्म छोराछोरीले दोहोर्याए भने हाम्रो पनि यहि हविगत हुन्छ भन्ने डरले पनि बा  हरु हेलां हुने थियनन् ।
 आज सन्तानहरुमा नैतिक शिक्षाको अभाव छ ।
यदी नैतिकशिक्षाको कमि नहुंदो हो त घरघरका यस्ता कथालाई हांस्यब्यङ्ग्यको रुपमा समाजको अगाडि उदाङ्गो पार्नै पर्ने थियन ।ओहो कस्तो बिडम्वना!सन्ततिका लागि बन्चराले चिरेजस्ता कुर्कुच्चा अनि पसिनाले निथ्रुक्क परेको शरीर,नाम्लाको पाताले दवेको निधार बाको निस्वार्थ अनुहारले पनि पगाल्न नसक्ने!कति कठोर भयो बाआमा प्रतिको सन्तानको माया । बाआमाहरु अझै सचेत छैनन् ।सन्तानको मायाले उनिहरु अझैपनि जस्तोसुकै त्याग गर्न तत्पर छन्  ।बृद्धाश्रममा बसेर आफुले पाएको भत्ता पनि छोरानातीलाई भनेर कुटुरो पारेर राख्छन् तर छोरा भने कसरी बाआमाको सम्पत्ति हात लाग्छ र घरबाट निकाल्न पाइन्छ भन्ने चिन्तनमा हुन्छन्,सम्पत्ति हात लाग्नासाथ घर निकाला गर्छन् ।अब बुढेसकालका बाआमा आफ्नो जीवनको उत्तरार्धलाई ख्याल गरेर आफ्नो जायजेथा मृत्युपर्यन्त मात्र सन्तानले पाउने गरि केही भाग सुरक्षित राख्नु पर्ने अवस्था आयो ।
  जेष्ठ नागरिक हाम्रा जिउंदा ईतिहास हुन् यिनीहरुको सरंक्षण गरौं उनीहरुलाई सम्मान गरौं ।
  यी कलाकारद्वयले दिन खोजेको सकारात्मक सन्देशले सबै सन्ततीको आंखा छर्लंग खुलोस् ।