Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कालिकोटको सुनथराली विमानस्थल ३७ वर्षपछि बन्यो

२६ आइतबार , चैत्र २०७९३ बर्ष अगाडि

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. १ मा रहेको सुनथराली विमानस्थल ३७ वर्षपछि निर्माण भएको छ । २०४२ सालदेखि निर्माण शुरु भएको विमानस्थल ३७ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

सुनथराली विमानस्थल निर्माणका लागि हाल सम्म ५० करोडभन्दा बढी खर्च भएको भएपनि पछिल्लो आर्थिक वर्षको विनियोजित साढे १३ करोड रकमले ६ सय ४० मिटर लामो धावनमार्ग कालोपत्रे गरिएको बताइएको छ ।

२०७३ सालमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरे पनि त्यसपछि जहाज नपुगेको सुनथराली विमानस्थलमा हाल विमानस्थल टर्मिनल भवन, सुरक्षा गार्ड भवनलगायतका भौतिक संरचना पनि बनाइएका छन् ।हाल निर्माण सम्पन्न भएर चिटिक्क सजिएको विमानस्थलमा विमान कहिले आउँछ भनेर त्यस भेगका स्थानीयवासी प्रतीक्षामा बसेका छन् ।

स्मरणिय कुरा के छ भने उक्त विमानस्थल निर्माणकाक्रममा २०५८ साल फागुन ११ गते विमानस्थलमा काम गरिरहेका ३६ जना कामदारलाई तत्कालीन शाही नेपाली सेनाले माओवादीका नाममा हत्या गरेको थियो । उक्त घटनापछि अहिले निर्माण सम्पन्न विमानस्थल हेर्दै मृतकका परिवारले राज्यबाट न्याय र राहत नपाएको गुनासो गरेका छन् ।

मृतकका आफन्तले उक्त घटनामा मारिएकालाइ सहिद घोषणा गरेर विमास्थल परिसरमा सहिद स्मृति पार्क बनाएर परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेका छन् ।