Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मीटरब्याज पीडित र सरकारबीच १० बजे वार्ता

२६ आइतबार , चैत्र २०७९३ बर्ष अगाडि

मीटरब्यज पीडित र सरकारबीच आज पनि वार्ता हुनेभएको छ । हिजो भएको वार्तामा कुनै पनि सहमति नभएपछि आज पुःण  १० बजे वार्ता हुन लागेको हो ।

देशको विभिन्न जिल्लाबाट संघिय राजधानी काठमाडौं आएका मिटरब्याज पीडितहरु र सरकारबीच आज बिहान १० बजे वार्तामा बस्न लागेको बताइएको छ । हिजो किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वको टोली र गृह मन्त्रालयका सह–सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी टोलीबीच वार्ता भएको थियो। 

पीडितहरुले मिटरब्याजसँग सम्बन्धित सबै नक्कली कागजातलाई सरकारले अवैध घोषणा गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, झुठा मुद्दा लगाइएका सबै अदालती प्रक्रिया स्थगित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै बिगत  पाँच दिनदेखि पीडितहरुले रत्नपार्कस्थित शान्तिबाटिकामा ६ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् ।