Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गृह र यातयातमन्त्री नारायणगढ-बुटवल सडक निरीक्षणमा

२७ सोमबार , चैत्र २०७९३ बर्ष अगाडि

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नारायणगढ–बुटवल सडकखण्डको स्थलगत निरीक्षणमा पुगेका छन् । मन्त्री श्रेष्ठ र ज्वाला सहित नेपालका लागि चिनियाँ राजदूतको टोली निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्डको स्थलगत निरीक्षणमा गएका हुन् । 

चार वर्षअघि विस्तार गर्न थालिएको उक्त सडकको काम हाल २७ प्रतिशत मात्रै सकिएको बताइएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तार गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सुरु गरेको सम्झौताको म्याद गत साउन महिनामा सकिएको थियो ।  

उक्त सडकखण्डको निर्माणको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्धारित समयमा काम नसकेपछि एक वर्ष समय थप गरिएको थियो भने थपिएको समय सकिन अब पाँच महिना मात्र बाँकी रहेको छ ।