Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विद्यार्थी नहुदा शैक्षिक कार्यक्रम बन्द गर्ने तयारीमा केयु

२८ मंगलबार , चैत्र २०७९३ बर्ष अगाडि

गुणस्तरिय कार्यक्रमहरु भएर पनि प्रचार प्रसार नहुदा त्यही विषय अध्यन गर्न विद्यार्थीहरु वैदेशिक अध्यनमा जाँदा काठमाडौं विश्वविद्यलय (केयु)ले केही शैक्षिक कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेका छ । विश्वविद्यालयमा विद्यार्थी अभावका कारण केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारीमा पुगेको हो ।

गत सोमबार काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी कम भएका कार्यक्रम स्थगित गर्ने तर, कुन कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय भइनसकेको काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले बताए । 

उनले विद्यार्थी ल्याउने बहानामा लोकप्रिय कार्यक्रम जथाभावी विस्तार गर्दै लाने पक्षमा विश्वविद्यालय नभएको तर विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम भने फेजआउट गर्दै लाने बताए ।
विश्वविद्यालयको २०० भन्दा बढी शैक्षिक कार्यक्रममा कुल कोटाको ३० प्रतिशत खाली रहेको बताइएको छ । विद्यार्थी संख्या घट्नुका कारण यहि हो भनेर भन्न नसकिए पनि राज्यले प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्नेमा मात्रै केन्द्रित हुनु पनि एक कारण भएको उपकुलपति थापाको भनाई रहेको थियो ।

हाल विश्वविद्यालयमा बीएमएस शैक्षिक कार्यक्रमको लागि तोकिएको ३० सिटमध्ये २२ सिटमा भर्ना भएका छन् भने ८ सिट अझै रिक्त छ । त्यस्तै बीवाइएसडब्लुको २४ मध्ये २२ सिट र एमएमएसमा २० मध्ये १२ सिट रिक्त रहेको छ ।
बीए बुद्धिस्ट स्टडिजमा ३० मध्ये चार सिटमात्र पूरा भएको छ । पीजीडी इन लिडरसिप एण्ड म्यानेजमेन्टमा ३० मध्ये १६ सिट रिक्त छ । एक वर्षे एमएड इन इएलटीमा १५ मध्ये १२ सिट खाली छ ।

त्यस्तै बीबीए (एनसीएम) मा १२० मध्ये ७८ सिटमात्र भरिएको छ । बीबीआईएसको ४० मध्ये २६ सिटमा भर्ना भएका छन् । बीएस्सी मिडवाइफरीमा २० मध्ये १३ सिट रिक्त छ । बीएस्सी नर्सिङ (सीओएमएस)मा ४० मध्ये १७ सिट रिक्त छ । बीएस्सी नर्सिङ (एनजीएमसी) मा २० मध्ये १८ सिट रिक्त छ । बीडीएस तथा एमबीबीएसमा पनि त्यस्तै अवस्था रहेको विश्वविद्यालयले जनाएको छ ।

नेपालमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरु हुँदा हुँदै पनि पर्याप्त प्रचार प्रसार नहुँदा विद्यार्थीहरु तिनै शैक्षिक कार्यक्रम अध्ययन गर्न विदेशिने क्रम बढेको केयू भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले बताउदै, उनले भने ‘नेपालमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरु छन् । तर पर्याप्त प्रचार प्रसार नहुँदा विद्यार्थीहरु बञ्चित भइरहेका छन जस्का कारण तिनै विषयमा बैदेशिक अध्ययनमा गइरहनु दुखद यथार्थ हो ।’