Advertisement Banner
Advertisement Banner

२८ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सस्तोमा आईफोन पाईन्छ भन्दै ठगी गर्ने पक्राउ

२८ मंगलबार , चैत्र २०७९४ बर्ष अगाडि

हाम्रो बजार डटकममा आईफोन १४ प्रो म्याक्स सस्तोमा पाइन्छ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई पक्राउ गरिएको हो ।

हुम्लाको सिमीकोट स्थायी घर भएका शाहीले आईफोन प्रो म्याक्स सस्तोमा पाइन्छ भन्दै बिभिन्न बहानामा मानिसहरु सँग पैसा लिएर सम्पर्क बिहिन भएपछि पिडितहरुले प्रहरीकोमा उजुरी गरेका थिए ।

पिडितहरुको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाहीलाई भक्तपुरबाट पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको बताइएको छ ।