Advertisement Banner
Advertisement Banner

२९ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

जेठदेखि भैरहवाबाट भारत र मलेसियाको उडान हुने

०२ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाल वायुसेवा निगमले भैरहावाबाट आगमी जेठदेखि भारत र मलेसियाको उडान थाल्ने तयारी थालेको छ । निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली र मलेसियाको राजधानी क्वालालम्पुरसम्मको उडानको तयारी थालेको हो ।

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठको तेस्रो सातादेखि दुई वटा गन्तव्यमा उडान गर्न आवश्यक तयारी थालिएको बताएको छ । निगमले उक्त दुई गन्तव्यका लागि हप्तामा कम्तीमा एक उडानको निम्ति आवश्यक अध्ययन गर्न कार्यदल बनाएको बताएको छ ।

निगमको वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको निगमले जानकारी दिएको छ ।