Advertisement Banner
Advertisement Banner

२९ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

कैलालीका ४० स्वास्थ्यकर्मीले तलब पाएनन्

०५ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

कैलाली जिल्लाको भजनी नगरपालिकामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका उनिहरुले चार महिनादेखि तलब नपाएका हुन् ।

स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन गाह्रो परेको भन्दै दैनिक किचलो हुने गरेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताएका छन। तर, नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनले बताए ।

पहिलो किस्तामा १ करोड ९२ लाख र दोश्रो किस्तामा ४२ लाख संघिय सरकारले उपलब्ध गराएको थिया । त्यस्तै १ करोड ४२ लाखा बजेट चालु आर्थिक वर्षमा उपलब्ध भएपनि स्थानीय तहले बजेट अभाव भएकोले स्वस्थ्यकर्मीको समस्याको सुनुवाइ नगरेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताएका छन् ।

यही २०८० बैशाख १० गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने योजनामा पुगेको र स्वास्थ्य क्षेत्रको मासिक रिपोर्ट नपठाउनेलगायतका काम रोकेर विरोध गर्ने स्वास्थ्यकर्मीले तयारी गरेको बताइएको छ । नगरपालिकाबाटै तत्काल दुई महिनाको तलब उपलब्ध गराएमा आन्दोलनको कार्यक्रम फिर्ता लिने नत्र आन्दोलन गर्ने उनिहरुको तयारी छ ।

उता नगरपालिकाका प्रमुख केवल चौधरीले भने स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने बताएका छन् । नगरपालिकाले समस्याको समाधान गर्न नसक्ने भन्दै स्वास्थ्यकर्मीको सेवा उपलब्ध गराउने जिम्मा संघीय सरकारको भएको प्रमुख चौधरीको भनाई छ ।