Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

०७ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसीको रुपमा पनि मनाउने गरिन्छ । यो दिनलाई आमाको मुखहेर्ने दिनको रुपमा समेत लिने गरिएको छ ।

औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास भए जस्तै आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार नआउने विस्वास रहेको पाइन्छ ।

मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा समेत लिइन्छ । यसदिनमा छोराछोरीले आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छने परम्परा समेत रहेको छ । 

आमा नहुनेहरुले आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन्। आजको दिनमा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लाग्दछ भने दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान गरि पूजाआज गर्ने गर्दछन् ।