Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

कर्मचारीका सन्ततिलाई छात्रवृतिका लागि निवेदन दिन आव्हान

१४ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

निजामती कर्मचारीका सन्ततिलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिका लागि निवेदन दिन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । 

कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्ने सुचनामा बताइएको छ ।

कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७९ बमोजिम स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै पनि विषयमा स्नातक वा सो सरहको तहमा अध्यन गरिरहेकाहरले उक्त छात्रबृत्ति पाउने व्यवस्था छ । 

स्नातक वा सो सरहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन २०४९, स्वास्थ्य सेवा ऐन ०५३, व्यवस्थापिका संसद् ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो छात्रवृत्ति पाउने सुचनमा उल्लेख गरिएको छ ।