Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यसकारण महेन्द्र देशभक्त हुन्

१६ सोमबार , कार्तिक २०७२१० बर्ष अगाडि

इन्दिरा गान्धीले पूर्व–पश्चिम राजमार्गभन्दा तल भारत भनेपछि राजा महेन्द्रले के जवाफ दिए होलान्? उदाहरणका लागि एउटा इतिहासको यो प्रसंगलाई लिन सकिन्छ। नेपालका तत्कालीन राजा महेन्155ले २०१९ सालमा पूर्वपश्चिम राजमार्ग सिलान्यास गरे। त्यसका लागि आर्थिक सहयोग जुटाउन भारत गएका थिए। तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीसंगको लन्चका बेला यो प्रसंग निस्कियो। इन्दिराले भनिन्– महेन्155 राजमार्ग भन्दा दक्षिणतिर मेरो भारत हो तपाईले स्वीकृति नै नलिई कसरी सिलान्यास गर्नु भो। महेन्द्र एकछिन तिलमिलाए। उनले सम्हालिदै भने सिमानाकै कुरा गर्ने हो भने पिएम खुकुरी मेरो देशको राष्ट्रिय चिन्ह हो, जहाा जहाा खुकुरी छ त्यहाा त्यहाा मेरो देशको सिमाना हो। राजा महेन्155ले के भने भनेर निकै गम खाएपछि इन्दिराले आफ्नो बडीगार्ड तर्फ र्फकेर हेरिन्। उनले देखिन टोपीमा क्रस खुकुरी लगाएको गोर्खा रेजिमेन्टका गोर्खाली सिपाही पो उनको बढी गार्ड रहेछ। इन्दिराको मुख रातो भयो।
त्यसपछि भिआईपीको सुरक्षाबाट भारतले गार्खा रेजिमेन्टलाई हटाएर सिखलाई नियुक्त गरियो। पछि सिख बडीगार्डको गोलीबाट इन्दिरा मारिइन्। यसले के पुष्टि गर्छ भने नेपालमाथि भारतले कहिल्यै राम्रो नजरले हेर्ने गर्दैन। भारतका तत्कालीन प्रधानमन्त्री जवहरलाल नेहरुको डक्ट्रिनले त नेपाललाई हिमाली सीमारेखालाई आफ्नो देशको सीमा रेखा मानेको देखिन्छ। यस्ताखाले राजनीति, आर्थिक, धार्मिक र सांस्कृतिक हस्तक्षेपको विरुद्धमा नेपालीहरुले स्वाधीनताको लडाई लड्ने थुप्रै पटक जमर्को गरेका छन्। तर खै किन हो त्यो अभियानले पूर्णता पाएको भने छैन।
२०४६ सालपछि पुनः भारतले नेपालमाथि नाकावन्दी लगाएको छ। यो नाकावन्दी अत्यन्त अमानवीय मानिएको छ। यसपटकको नाकावन्दी भारतका लागि सबैभन्दा महगो पर्ने निश्चित छ। नेपाललाई विपतमा पारेर ठूलै काम गरेको अनुभव भइरहेको होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई। जति सम्मान आर्जन गरेका थिए मोदीले नेपालीबाट, त्योभन्दा बढी घृणाका पात्र बनिसकेका छन् उनी। मोदीले बुद्धि पुर्‍याउने हो भने कार्तिक १९ गते विहारको निर्वाचन समाप्त हुनेछ। योभन्दा पहिले नै भारतले नेपालको पारवहनमा संकट पार्ने होइन, सहजता दिएर असल छिमेकीको व्यवहार देखाइहाल्नु जरुरी छ। अन्यथा नेपालले राष्ट्रसंघ गुहार्नेछ, विश्वव्यापार संगठनलाई आह्वान गर्नेछ र सार्क संगठनको अध्यक्षको हैसियतले सार्क सदस्य तथा पर्यवेक्षक मुलुकहरुसाग नेपाल र नेपालीहरुले बेहोरिरहेको अभाव, हाहाकार बारे बोल्न आग्रह गर्दा भारतको बचेखुचेको धोती पनि खुस्कने छ र नाङ्गै हुनपुग्नेछ। भारतले निर्णय गरोस्, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक बन्ने कि अमानवीय स्वभावको मुलुक बन्ने? @akhanda nepal